मंसिर २०, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीमा मिनीमहोत्सव-२०८१ आयोजना गरिने भएको छ । मूल आयोजक समिति डुम्रेधारापानी, खोटाङको आयोजनामा ख्यातिप्राप्त कलाकारहरुको बेजोड प्रस्तुतिका साथ आगामी पौष २१ गतेदेखि पौष २६ गतेसम्म रावाबेशी गाउँपालिका वडा नं. ४ डुम्रेधापानीमा मिनीमहोत्सव-२०८१ को आयोजना गरिने प्रचार प्रसार समितिका संयोजक शेरबहादुर बस्नेतले हलेसी एफएमलार्ई जानकारी दिनुभएको छ ।
प्रचार प्रसार समितिका संयोजक बस्नेतका अनुसार डुम्रे धारापानीको सँस्कार, सँंस्कृति, स्थानीय पहिचान, जीवनशैली यहाँका ऐतिहासिक स्थालहरुको प्रचार प्रसार गराउन सहयोग पुग्ने ध्येयबाट डुम्रेधारापानीमा मिनी महोत्सव–२०८१ आयोजना गर्न लागिएको हो ।
आगामी पौष २१ गते उदघाटन गरिने मिनी महोत्सव पौष २६ गतेसम्म विभिन्न खेलकुद प्रतियोगिताहरु वडास्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता, व्याडमिन्टन प्रतियोगिता, मनोरन्जनात्क कार्यक्रमहरु सामुहिक नृत्य प्रतियोगिता, झाँकी प्रदर्शन, चिठ्ठा कटाउने कार्यक्रमहरुका साथ सम्पन्न हुनेछ ।
आकर्षक पुरस्कारका साथ पौष २३ गतेदखि २६ गतेसम्म वडास्तरीय खुल्ला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिनेछ । भलिवल प्रतियोगितामा प्रथम हुने खेलाडी समूहलाई रु १ लाख १ सय ११ नगद पुरस्कारका साथ शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । यस्तै दोश्रो हुने खेलाडी समूहलाई रु ५० हजार १ सय ११ नगद पुरस्कारका साथ शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिने घोषणा गरिएको छ । यसंैगरी सेमि फाइनलिष्ट २ टिमलाइ २५ हजार १ सय ११ रुपैयाका साथमा सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिनेछ । खेलमा उत्कृष्ट खेलाडीलाइ रु ४ हजार, बिधागत तर्फ रु १÷१ हजारका साथमा सिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले बताएको छ ।
खेललाई व्यवस्थित र अनुशासित ढंगबाट सञ्चालन गर्न आयोजकले खेलाडीहरुका लागि निश्चित नियमहरु अवलम्वन गरिनुपर्ने जनाएको छ । भलिबल खेल नक आउटको आधारमा खेलाइने, खेलमा प्रशिक्षक सहित ११ जना हुनुपर्ने, खेल अव्धिमा खेलाडीहरुले पोसाक अनिवार्य लगाउनुपर्र्नेे, खाना र बासको व्यबस्था खेलाडी आफैले गर्नुपर्ने मूल आयोजक समितिले जानकारी दिएको छ ।
यस्तै खेलाडीलाई चोटपटक लागेमा खेलाडी स्वयं जिम्मेवारी हुनुपर्ने, खेलमा कुनै विवाद आएमा आयोजक र रेफ्रीको निर्णय अन्तिम हुने, खेलाडीको परिचय खुल्ने सक्कल कागजात अनिवार्य हुनुपर्ने, खेलाडी सम्बन्धित वडाको हुनुपर्ने, बसाई सरी आएकोलार्ई मान्यता नदिइने बताइएको छ ।
भलिबल खेलमा सहभागी हुन चहने खेलाडीहरुले रु ५ हजार दर्ता शुल्क बुझाएर टिम दर्ता गराउनुपर्नेछ । इच्छुक खेलाडीहरुले पौष २१ गते दिउसो ४ः०० बजे भित्र टिम दर्ता गरिसक्नु पर्नेछ । खेल तालिका टाइसिट पौष २२ गते दिउसो ४.०० वजे सार्वजनिक गरिने भएको छ ।
अर्को महत्वपूर्ण खेल व्याडमिन्टनका लागि रु १ हजार शुल्कसहित टिम दर्ता गर्नुपर्नेछ । व्याडमिन्टन प्रतियोगिताका प्रथम, द्धितीयका बिजेताहरुलाइ रु १५ हजार र १० हजारका साथमा मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
यस्तै पालिकाभित्रका खुल्ला सामुहिक नृत्य प्रतियोगिताका प्रथम, द्धितीय, तृतिय र सान्त्वना हुनेहरुलार्ई क्रमश रु १० हजार, ७ हजार, ५ हजार र ३ हजारका साथमा प्रमाण पत्र प्रदान गरिनेछ् ।
मिनी महोत्सव–२०८१ को आर्कषक अर्को खेल भाग्यशाली चिट्ठा कार्यक्रम रहनेछ । यसमा प्रथम घोषित हुने एकजनालाई स्मार्ट टिभि, दोस्रो भाग्यमानी विजेता एक जनालाई एन्ड्रोइड मोवायल सेट र सान्त्वना घोषित १० जनालाई ईलेक्ट्रिक जग तथा घडीहरु पुरस्कारका रुपमा प्रदान गरिने आयोजकले जनाएको छ । यो प्रतियोगिताका लागि टिम दर्ता शुल्क रु २ सय तोकिएको छ ।
प्रचार प्रसार समितिका संयोजक बस्नेतले महोत्सवबाट युवाहरुमा सकारात्मक उर्जा थपिने, पारस्पारिक सद्भाव र सहिष्णुता बढाउने र गाउँघरमा ओझेलमा रहेका खेलाडि प्रतिभाहरुलाई प्रोत्साहनमा पनि बल पुग्ने विश्वास व्यक्त गर्नुहुन्छ ।
महोत्सव सम्पन्न गर्नका लागि वडा नं. ४ का वडाध्यक्ष ज्ञानबहादुर पाण्डेको संयोजकत्वमा रबिनबाबु मगर सचिव र संझना पाण्डे कोषाध्यक्ष तथा अन्य सदस्यहरु रहने गरी मिनि महोत्सव—२०८१ मूल आयोजक समिति गठन गरिएको छ ।
यसैगरी महोत्सव सफल बनाउन गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठको संयोजकत्वमा २४ सदस्यीय पालिका सल्लाहकार समिति तथा सहयोग समिति गठन गरिएको छ भने काठमाण्डौाका लागि जगत प्रसाद घिमिरेको संयोजकत्वमा र तराईका लागि कुमार तिवारीको संयोजकत्वमा सल्लाहकार तथा सहयोग समिति गठन गरिएको छ ।
यस्तै शेरबहादुर बस्नेतको संयोजकत्वमा ११ सदस्यीय प्रचार प्रसार तथा विज्ञापन उपसमिति गठन गरिएको आयोजकले जनाएको छ भने किशोर केसीको संयोजकत्वमा आर्थिक उपसमिति, सन्तोष गुरुङको संयोजकत्वमा खेलकुद उपसमिति, अर्जुन कुमार तामाङको संयोजकत्वमा व्यवस्थापन उपसमिति र यादव रिजालको संयोजकत्वमा साँस्कतिक तथा मनोरन्जन उपसमिति गठन गरिएको आयोजकले जनाएको छ ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।