फागुन २९, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङ जिल्लामा ९ महिनादेखि पाँच वर्षमूनिका बालबालिकाहरुलाई दादुरा–रुबेला विरुद्धको खोप अभियान शुरु भएको छ । आज फागुन २९ देखि चैत्र ३ गतेसम्म जिल्लाका सबै स्थानीय तहमा सञ्चालन हुने दादुरा रुवेला खोप अभियानको लागि जिल्ला भर ३९२ केन्द्र तोकिएको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख जीवन प्रसाद चम्लागाईले हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ ।
९ महिनादेखि पाँच वर्षमूनिका बालबालिकाले नियमित खोप अन्तर्गत दादुरा–रुबेला विरुद्धको खोप लगाई सकेको भए पनि यो अभियानमा अनिवार्य रुपमा खोप लगाउनु पर्ने, नियमित खोप लगाई सकेका बालबालिकाका परिवारले खोप लगाउन जाँदा पहिलाको खोप कार्ड लिएर खोप केन्द्रमा आउनुपर्ने स्वास्थ्य कार्यालय खोटाङले जानकारी गराएको छ ।
खोटाङमा चार हजार ८२ जना बालबालिकालाई खोप आजबाट लगार्ईने भएको हो । लक्षित बालबालिकालाई खोप दिन ३९२ केन्द्र तोकिएको छ भने ती खोप केन्द्रहरुमा दुई–दुईजना स्वयंमसेवक खटार्ईएको छ ।
आज ११ बजेबाट प्रत्येक खोप केन्द्रमा दादुरा–रुबेला विरुद्धको खोप सञ्चालन हुने जनार्ईएको छ । दादुरा–रुबेला रोगबाट १ जना संक्रमित व्यक्तिले १८ जनासम्मलाई संक्रमण गराउने भएकाले खोप अनिवार्य रुपमा लगाउनुपर्नेछ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !