आश्विन १८, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटांग /
खोटांग जिल्लाको सदरमुकाम दिक्तेलवजारमा विभिन्न राष्ट्रबाट आउनुभएका प्रशिद्ध चित्रकारहरुका साथै नेपालका चित्रकारहरुलाई जिल्लावासीले स्वागत गर्दै आतिथ्यता दिइरहेकाछन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अशोज १७ देखि २१ सम्मका लागि आयोजना गरेको मुन्दुम अन्तराष्ट्रिय चित्रकला प्लेन कार्याशाला तथा कला प्रदर्शनी-२०८० मा सहभागिताका लागि नगरपालिकाको निम्तालाई स्विकार्दै विभिन्न १४ राष्ट्रका चित्रकारहरु तथा नेपालका प्रशिद्ध चित्रकारहरु दिक्तेलवजार आउने क्रममा अशोज १७ गते जिल्लावासीले नुनथला मौरे देखि स्वागत गर्दै सदरमुकम प्रविष्ट गराएका छन् ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियो काठमाडौँको आयोजनामा जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले असोज–१७ गतेदेखि २१ गतेसम्म ‘मुन्दुम अन्तर्राष्ट्रिय प्लेन एयर चित्रकला कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ कार्यक्रम प्रारम्भ भएको छ ।
कार्यक्रममा क्यानभासमा लाइभ चित्र उतार्नका लागि नेपालसहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, इजिप्ट, भारत, जापान, लातभीया, लिथुआनीया, दक्षिण कोरिया, अमेरिका, युक्रेन, भियतनाम तथा नेपालका ४० जना ख्यातिप्राप्त चित्रकारहरु जिल्ला आउनुहुँदा जिल्लावासीका तर्फबाट अभूतपूर्व उल्लासका साथ स्वागत गरेका हुन ।
नुनथलाका अध्यक्ष भगसेर राई यो कार्यक्रम जिल्लाका लागि प्रेरणादायी भएको बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ यो कार्यक्रमले समग्र जिल्लाको विकासका लागि जिल्लावासी एकजुट हुन हौसला प्रदान गरेको छ ।
महुरेगढी बहुउद्देश्यीय प्राविधिक शिक्षालय नुनथलाबाट शुरु भएको कार्यक्रममा सहभागी स्वदेश तथा विदेशका चिकारहरुलाई शिक्षालयका विद्यार्थी र गोरख गण मुडे ब्यारेकका नेपाली सेनाले नृत्यसहित स्वागत गरेका थिए । मुडेमा शेर्पा समुदाय, दिक्तेलस्थित किराँतचोकमा किराँत समुदाय, रत्नपार्कमा महिला उद्यमी सङ्घ, सङ्गमटोलमा होटल व्यवसायी सङ्घ, पुरानो बेसक्याम्पमा प्रमुख जिल्ला अधिकारीसहित कर्मचारी, त्रिवेणीचोकमा उद्योग वाणिज्य सङ्घ र शंखधर साख्वाचोकमा नेवार समुदायले आ–आफ्नो सँस्कार अनुसार झाँकीसहित भव्य स्वागत गरेका छन् ।
दिक्तेलस्थित किराँतचोकदेखि पुरानो बेसक्याम्पसम्म दायाँ÷बाँया लामबद्ध बसेका विद्यार्थीले वेलकम टु दिक्तेल भन्दै विभिन्न देशका झण्डासहित स्वागत गरेका छन् । कार्यक्रममा सहभागी चित्रकारहरुको स्वागतमा दिक्तेलस्थित सरस्वती मावि, पञ्च मावि, दिक्तेल ईङ्ग्लिस बोर्डिङ स्कूल, माउण्ट एभरेष्ट बोर्डिङ स्कूल, हिलसाइट स्याम्पल एकेडेमी बोर्डिङ स्कूल लगायतका विद्यार्थी सहभागी भएका थिए ।
कार्यक्रममा सहभागी स्वदेश तथा विदेशका चित्रकारहरुले आजदेखि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने नगर प्रमुख तीर्थराज भट्टराईले जानकारी दिनुभएको छ । “लाइभ चित्रकला कार्यशाला एवम् प्रदर्शनी कार्यक्रमका लागि नेपालसहित विदेशी चित्रकारहरु काठमाडौँबाट हिँडिसक्नुभएको छ । यो अवधिमा स्वदेश तथा विदेशका चित्रकारले करिब १०० को हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्नेछन । चित्रकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज–२० गते दिक्तेल बजारस्थित माटीकोरे खेलमैदानमा चित्रकला प्रदर्शनीसहित स्थानीय परिकारको स्टल, साँस्कृतिक झाँकी, नृत्य प्रदर्शन लगायतका कार्यक्रम गर्ने तयारी गरिएको छ । यसले नगरको मात्र नभइ जिल्लाकै पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने अपेक्षा गरिएको छ ।”
चित्रकारहरुले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौँ आर्ट ग्यालरीमा लगेर प्रदर्शनीको योजना जनाइएको छ । खोटाङको कला, सँस्कृति र पर्यटनको प्रवद्र्धनका लागि दशवटै स्थानीय तहमा भएका पाखा, पखेरा, जङ्गल, खोल्साखाल्सी, खोँच, लेकबेँसीका साथै प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलिको सुन्दर पक्षहरुको प्रचारका लागि लाइभ चित्रकला तथा कला प्रदर्शनी कार्यक्रमको आयोजना गरिएको हो ।
लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन र ती स्थानको महत्व, सँस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पु¥याउने दाबी गरिएको छ । चित्रकला कार्यशाला एवम् प्रदर्शनीका अवधिमा तयार पारिएका क्यानभासलाई सङ्ग्रहालय बनाएर राखिने आयोजकले जनाएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !