असार ०५, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
नेपाल सरकारले लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस देशव्यापी रुपमा विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । संयूक्त राष्ट्रसंघको सन् १९८७ को घोषणापत्रमा हरेक वर्षको जुन २६ तारिखलाई अन्तर्राष्ट्रिय लागू पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका रूपमा मनाउने उल्लेख भए अनुसार नेपाल पनि संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र भएकोले यो दिवस मनाउदै आएको छ ।
यही अवसरमा खोटाङमा साताव्यापि विभिन्न जनचेतनामूलक कार्यक्रमका साथ लागू औषध दुरुपयोग तथा अवैध ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवस मनाइने भएको छ । जिल्ला प्रशासन कार्यालय खोटाङको समन्वयमा प्रजिअ शिवकुमार कार्कीको अध्यक्षतामा जेष्ठ ५ गते बुधवार बसेको सर्वपक्षीय बैठकमा भएको छलफलबाट लागू औषध प्रयोग र ओसारपसार बिरुद्धको अन्तर्राष्ट्रिय दिवस असार ६ गतेदेखि १२ गते (जुन २६, २०२४) सम्म विभिन्न सचेतनामूलक कार्यक्रम गर्दै मनाउने निर्णय भएको हो ।
बुधवार बसेको सर्वपक्षीय बैठकले आषाढ ६ गतेदेखि १२ गतेसम्म हरेक दिन सचेतनामूलक शन्देस प्रवाह गर्ने गतिविधि सञ्चालन गर्ने निर्णय भएको जिल्ला प्रशासन कार्यालय खोटाङले जनाएको छ ।
जस अनुसार असार ६ गते बिहान लागू औषधको प्रयोगबाट समाजलाई मुक्त गराउने चेतनामूलक शन्देस लेखिएको व्यानर सहित जिल्ला प्रहरी कार्यालय देखि रत्नपार्कसम्म प्रभात फेरीको कार्यक्रम गरिनेछ ।
राजनैतिक कर्मीहरु, जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, सामाजिक अभियन्ताहरु, सुरक्षा निकायका प्रमुख लगायत सुरक्षाकर्मीहरु, सञ्चारकर्मीहरु तथा सर्वसाधारण समेतको सहभागितामा हुने प्रभात फेरीमा ‘लागूऔषधको उत्पादन, सञ्चय, ओसारपसार विक्री वितरण तथा सेवन गर्नु अपराध हो, यस्ता गैरकानूनी गतिविधिमा आफू पनि नलागौं, अरुलाई पनि लाग्न नदिऔ, लागू पदार्थको सेवन– गयो अमूल्य जीवन, हामी सबैको आवाज–लागूऔषध मुक्त समाज, हाम्रो चाहना– लागूऔषध रहित, स्वस्थ्य र सुखी जीवनको कामना, लागूऔषध त्यागौँ–स्वस्थ्य र सुखी जीवनतर्फ लागौँ, लागूऔषध लिने बानी–स्वास्थ्य र धनजनको हानी, लागू पदार्थ सेवन नगरौँ, सभ्य समाजको निर्माण गरौँ, आफू बाँचौँ–अरूलाई पनि बचाऔ’ भन्ने जनचेतनामूलक नाराहरू लेखिएका व्यानरहरु साथमा हुनेछन् ।
यस्तै, असार ७ गते सदरमुकाम दिक्तेलवजारस्थित सरस्वती मावि दिक्तेलमा शिक्षक विध्यार्थीहरुवीच लागूऔषध विरुद्ध सचेतनामूलक कार्यक्रमको आयोजना गरिने जनाइएको छ ।
बैठकले लागू औषधको प्रयोगबाट हुने हानी नोक्सानीका सम्बन्धमा स्थानीय सञ्चारमाध्यमहरुबाट सचेतनामूलक सूचना, शन्देस र कार्यक्रमहरु व्यापक प्रचार प्रशार गर्ने भनिएको छ । सोही अवधिमा जेष्ठ ११ गते कारागारमा रहेका कैदीहरुसँग लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने लगायत विभिन्न कार्यक्रम गर्दै १२ गते समापन गरिने निर्णय भएको थाहा भएकोछ ।
लागू औषधका बढ्दो दुर्व्यसनलाई नियन्त्रण र निरुत्साहित गर्न यस्ता कार्यक्रमहरुले महत्वपूर्ण भूमिका खेल्ने सरस्वती मावि दिक्तेलका प्रअ शिवहरि ढकालले हलेसी एफएमलाई बताउनुभयो । साथै दिवसका अवसरमा मात्र नभएर लागू औषधको हानीबाट समाजलाई मुक्त गराउन बाह्रै महिना सचेतनामूलक गतिविधिहरु बढाउन जरुरी रहने उहाँ भन्नुहुन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।