भदौ ०५, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकामा शुभसेर राई स्मृति प्रतिष्ठानले स्वर्गीय शुभसेर राईको दोश्रो वार्षिक पूण्य तिथिको अवसर पारेर शैक्षिक क्षेत्रमा योगदान पुराएका विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । खोटाङको सदरमुकाम दिक्तेलवजारस्थित जिल्ला समन्वय समितिको सभाहलमा प्रतिष्ठानले स्वर्गीय राईको पूण्य तिथिको अवसरमा आज एक समारोहका वीच शिक्षा क्षेत्रमा योगदान पुराउनुभएका सात प्रतिष्ठित व्यक्तिहरुलाई सम्मान गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष देवविक्रम राईको अध्यक्षता तथा संविधान सभा सदस्य एवं प्रदेश सभाका सांसद पाँचकर्ण राईको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शिक्षासेवी केशवराज कार्की, जयप्रसाद आचार्य तथा देवीप्रसाद आचार्यलाई शुभसेर राई खोटाङ जिल्ला शिक्षक नेतृत्व सम्मानद्धारा सम्मान गरिएको छ ।
त्यसैगरी शुभसेर राई खोटाङ जिल्ला उत्कृष्ट शिक्षक पुरस्कार नगद रु ५५ हजार ५ सय ५५ द्धारा हलेसीतुवाचुङ नगरपालिका वडा नं. १० अर्खौलेस्थित सरस्वती माविका शिक्षक डिगवीर राईलाई पुरस्कृत गरिएको प्रतिष्ठानले जनाएको छ ।
कार्यक्रममा जन्तेढुङ्गा गाउँपलिकास्थित चिसापानी मा वि का प्रअ रामबहादुर राउत शुभसेर राई खोटाङ जिल्ला उत्कृष्ट प्रधानाध्यापक सम्मानद्धारा सम्मानित हुनुभएको छ भने शुभसेर राई खोटाङ जिल्ला शिक्षक दीर्घ सेवा सम्मानद्धारा दिप्रङचुइचुम्मा गाउँपालिका वडा नं. ३ सापातेलस्थित मिनाकर्ण माविका शिक्षक नानीवावु बस्नेत सम्मानित हुनुभएको जनाइएको छ ।
यसैगरी शुभसेर राई खोटाङ जिल्ला उत्कृष्ट विध्यालय व्यवस्थापन समिति अध्यक्ष सम्मान द्धारा साकेला गाउँपलिका वडा नं. ३ खिदिमास्थित सिद्धेश्वरी माविका अध्यक्ष मिन कुमार राई सम्मानित हुनु भएको छ ।
२०७९ भाद्र ५ मा स्थापना भएको प्रतिष्ठानको खातामा शुरुमा जम्मा भएको अक्षय कोष रु. ११,११,१११ बाट प्राप्त हुने व्याजबाट सम्माान तथा पुरस्कार प्रदान गरिदै आएको स्वर्गीय शुभसेर राईका छोरा एवं प्रतिष्ठानका अध्यक्ष देवविक्रम राईले बताउनुभयो ।
विक्रम सम्वत २००७ साल भाद्र २५ गते वुइपामा जन्मिनुभएका स्वर्गीय राई लामो समयसम्म शिक्षण पेशामा योगदान दिदै शैक्षिक उत्थानका लागि समेत जीवभर समर्पित रहनुभएका एक कुशल शैक्षिक अभियन्ता हुनुहुन्थ्यो । उहाँको २०७८ साल भाद्र ५ गते निधन भए पछि परिवार तथा आफन्तले उहाँको सम्झनामा शुभसेर राई स्मृति प्रतिष्ठानको स्थापना गर्नुभएको हो ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !