जेठ १२, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लाको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. -१४ बुइपा स्थित पन्चदोबाटोमा किँरात राजा यलम्बरको शालिक निर्माण भैरहेको छ । प्रदेश सरकारको तर्फबाट ७० प्रतिशत र स्थानीय तह अन्तर्गत दिक्तेलरुपाकोट मझुवागढी नगरपालिकाको तर्फ बाट ३० प्रतिशत बजेटबाट पञ्चदोवाटो नजिककै भूभागमा यलम्बर पार्कका साथै १०० फिट अग्लो किराँत वंशका प्रथम राजा यलम्वरको शालिक निर्माण भैरहेको उंमातुवाचुङ अनसुभि जे.भि. काठमान्डौका चियरम्यान सुनिल रार्ईले हलेसी एफएमलाई जानकारी गराउनु भएको छ ।
उमा तुवाचुङ अनसुभि जे.भि. काठमान्डौले २०७८ असार २८ गते रु. ११ करोड ५८ लाख १६ हजार ४४१ मा ठेक्का सम्झौता गरेर काम सुचारु गरिरहेको छ । प्रशद्धि कलाकार तथा प्राज्ञ धनु याक्खाको सुपरभिजनमा मूर्तिकारहरु भक्तिराम राई लगायत वीसजना दिनमा ३ देखि २० जना सम्मको मुर्तिकार टिमले फाइवरबाट उक्त यलम्वरको शालिक निर्माण गरिरहेको जनाइएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका—१४ बुइपाका स्थानीयवासीले स्थानीय तहको पहिलो निर्वाचन पछि बुर्ईपा पञ्चदोबाटोमा किँरात राजा यलम्बरको शालिक निमार्ण गर्ने सरसल्लाह गरेर ३० फिटको यलम्बरको शालिक निर्माण गर्ने सोच बनाए पनि पछि बिराटनगर गै तत्कालिन मुख्यमन्त्रि शेरधन राई तथा नगरपालिकाका तत्कालिन जनप्रतिनिधिहरुसँगको सल्लाह अनुसार अहिले १०० फिट अग्लो राजा यलम्बरको शालिक निर्माण भैरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष दिनेशकुमार राईले बताउनुभयो ।
मानव सभ्यताको विकास र ऐतिहासिक विरासतलाई जिवन्त राख्न राजा यलम्वरको शालिक कोशे ढुङ्गाको रुपमा मानिने विश्वास गरिन्छ । यो निर्माणसँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको मात्र होइन खोटाङ जिल्लाकै पर्यटकीय गन्तव्यको रुपमा यो क्षेत्रको प्रवर्द्दन हुने वडाध्यक्ष राईको दावी छ ।
वडाध्यक्ष राईका अनुसार यतिखेर यलम्बरको शालिक निमार्णको काम करिब ८० प्रतिशत सम्पन्न भइसकेको छ । बाँकी काम यो आर्थिक बर्ष भित्र नै गरिसक्नु पर्ने वडाध्यक्ष राईले जानकारी दिनु भएको छ ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।