कार्तिक १९, २०८० , Diprungchuichumma RUM
हलेसीन्युजडेस्क, खोटाङ/
नेपाली साहित्यका मूर्धन्य ब्यक्तित्व, साहित्यकार, कथाकार ,उपन्यासकार, निबन्धकार, आयामेली साहित्यका प्रखर प्रवक्ता, लीला लेखनका प्रवर्तक दार्जिलिङ निवासी स्वनामधन्य स्व.ईन्द्र बहादुर राई “वाभोंछा“ हुनुहुँदोरहेछ । यस तथ्यले हाम्रो कुलवंश धन्य भएकोछ, हामी गौरवान्वित भएकाछौँ ।
दार्जिलिङको लोजनगरस्थित उहाँको घरमा हामी पुग्दा उहाँकी कान्छी छोरी बेदिका, ज्वाईँ चन्द्र प्रकाश दुङमाली राईसँग भेट भयो । एकाधघण्टा स्व.ईन्द्र बहादुर राईको साहित्यिक कृति, जीवन भोगाई, स्वभाव, पुर्ख्यौली र पारिवारिक विवरणहरुको बारेमा भलाकुसारी गर्दै उहाँहरुको मिठो आतिथ्यता ग्रहण गर्यौं। यस भेटमा हामीलाई प्रष्ट भयो कि बाबुको बिरासत चैं कान्छी छोरी बेदिकाले नै थाम्नु भएको रहेछ।उहाँले कथा,उपन्यासका दुईचार वटा पुस्तक लेख्नुभएको रहेछ । उहाँ B.Sc.Nursing र हाल रिटायर्ड हुनुहुँदोरहेछ । सँगै सटेर रहेकी जेठी छोरी केवलरत्नको घरमा पनि हामी गयौँ ।
ईन्द्र बहादुर राईज्युको शयन कक्ष, पुस्तकालय आदिको अवलोकन गरेर हामी त्यहाँ बाट विदा भयौँ । बाँकी विवरणहरु उहाँले PDF फायल बनाएर पठाईदिने वचन दिनुभयो ।
स्व.ईन्द्र बहादुर राईको एक मात्र छोरा देशपत राई तल मधेसको घर मेथिबारी, (सालबारी सिलिगुडी) झर्नुभएको रहेछ । उहाँको लोकेसन र कन्ट्याक्ट् नं. लिएर हामी सिलिगुडीतिर लाग्यौँ । हामी त्यहाँ पुग्दा अत्यन्तै ब्यस्त हुनुहुन्थ्यो उहाँ । तैपनि बडो सौहार्द्रतापूर्बक हामीलाई समय र सद्भाव प्रदान गर्नुभयो । उहाँको सरलता र फरासिलोपनबाट हामी प्रभावित भयौँ ।उहाँ केमिस्ट्रीको प्राध्यापकबाट हाल रिटायर्ड हुनुहुँदोरहेछ । उहाँले पनि आफ्नो बुबाको स्वभाव, लेखन र वौद्धिक विलक्षणताको चर्चा गर्नुभयो । हामीले यहाँ हामी आउनुको उद्देश्य प्रष्ट पार्दा वहाँ खुसी हुनुभयो र बुबाले ‘म जातिबाट उठेर जातमा जान्न’ भनेको सन्दर्भ सुनाउंदै भन्नुभयो– ‘तर यो हामीलाई आफ्नो चिनारीको लागि भए पनि चाहिन्छ ।’
स्वयं ईन्द्र बहादुर राईले एउटा सानो डायरीको पानामा आफ्नो कुलको चिनारी गोत्र (सामै/पाछा र त्यसको अर्थ सहित) लेखेर राख्नु भएको रहेछ । हामीले उहाँको यो हस्ताक्षरलाई अमूल्य सम्पत्ति ठान्यौं र फोटोमा कैद गरेर ल्यायौँ । उहाँकी छोरी रुनिता हाल लक्जेम्बर्गमा रहनुभएको र छोरा गिरिश घर बाहिर रहेकाले उहाँहरुसँग भने भेट हुनसकेन । बुहारी सिबाङ्गी हमालसँग भने लोजनगरमै भेट भएको थियो ।
यति भैसकेपछी मैले आफ्नो मिसन पूरा भएको ठाँने र विदावारी भै अर्को गन्तब्यतिर लाग्यौँ ।
(यो आलेख अन्य पाठकहरुका लागि समेत पठनीय ठानेर साहित्यकार नरेन्द्र निर्विकारको समाजिक सञ्जालबाट साभार गरिएको हो ।— हलेसी एफएम )
स्व.ईन्द्र बहादुर राईका परिवारजनसँग लेखकले लिनुभएका केही तस्विरहरु
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।