फागुन २८, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेल रुपकोट मझुवागढी नगरपालिका वडा नंं ३ बाम्राङका महिला तथा किशोरीहरुलाई डल र कुशन बनाउने तालिम शुरु भएको छ । ‘स्वदेशी उत्पादन अभियान, उध्यमीको सम्मान’ भन्ने मुल नाराका साथ गृहिणीहरुलाई व्यवसायिक र आत्मनिर्भर बनाउने उद्धेश्यले वडा नम्बर ३ बाम्राङ र घरेलु तथा साना उद्योग कार्यालय खोटाङको संयुक्त पहलमा वडा कार्यालय बाम्राङमा फागुन २५ गते देखि चैत्र ९ गते सम्म १५ दिने आधारभूत डल तथा कुसन बनाउने तालिम शुरु भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका कार्यपालिका सदस्य मिना कार्कीले हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ ।
वडाको तर्फ बाट रु. १ लाख र घरेलु तथा साना उद्योग कार्यालय खोटाङको तर्फबाट रु. २ लाख गरी जम्मा रु. ३ लाख बजेटमा सिपमुलक तालिम शुरु गरिएको नगर कार्य पालिका सदस्य कार्कीको भनाई छ ।
तालिमको उद्घाटन गर्दै दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ३ बाम्राङका वडा अध्यक्ष महेन्द्र बहादुर रार्ईले नयाँ नयाँ सिप र ज्ञानले महिलाहरुलाई आत्मनिर्भर बन्न टेवा पु¥याउने बताउनु भएको छ । उहाँले पछिल्लो समय बढ्दो प्रयोग हुने हस्तकलाद्धारा निर्मित सामाग्रीहरुको तालिमहरुले महिलालाई उद्यमी बन्न प्रेरित गर्ने पनि बताउनु भएको छ । वडाध्यक्ष रार्ईले वडामा आगामी दिनमा पनि महिला तथा बालबालिका लक्षित प्रभावकारी कार्यक्रम ल्याउने तयारी रहेको बताउनु भयो ।
यस्तै कार्यपालिका सदस्य मिना कार्कीले महिलाहरुले सिप ज्ञानका साथै नेतृत्व विकासमा पनि जोड दिनुपर्ने बताउनु भएको छ । कार्यक्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर ३ बाम्राङका वडाध्यक्ष महेन्द्र बहादुर रार्ई, कार्यपालिका सदस्य मिना कार्की, नगर कार्यपालिका सदस्य रामकुमार हिङमाङ, खड्ग राई, रेखा रम्तेल, सम्पूर्ण टोल विकास समितिका अध्यक्ष तथा पदाधिकारीहरु, बुद्धिजिवी तथा राजनीतिक दलका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
तालिममा २६ जना महिलाहरु सहभागी रहेका छन भने उदयपुरबाट आउनु भएकी प्रशिक्षक सिता श्रेष्ठले तालिमको सहजिकरण गरिरहनु भएको छ ।
तालिममा सहभागीहरु
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !