मंसिर २६, २०८० , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
दक्षिण कोरियाको मैत्रिपूर्ण भ्रमणका क्रममा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको कोरियास्थित नेपाली दुतावासका कुटनीतिक नियोग उपप्रमुख पुष्पराज भट्टराई लगायतसँग भेटवार्ता भएको छ । दक्षिण कोरिया भ्रमणका अवसरमा सोमवार नगरप्रमुख भट्टराई नेपाली दुतावास पुगेर त्यहाँका कुटनैतिक नियोग उपप्रमुख भट्टराईसँग भेटवार्ता गरी त्यहाँ पुगेका नेपालीहरुको अवस्था र उनीहरुले भोग्नु परेको समस्याका वारेमा जानकारी लिदै त्यसमा दुतावासले खेलिरहेको भूमिकाका वारेमा चासो लिनु भएको थाहा भएको छ ।
सो क्रममा त्यहाँ रहेका नेपालीलाई पर्ने भाषिक समस्या, भिसा नविकरण, पासपोर्ट नविकरण र बनाउनका लागि दुतावासले कुटनीतिक पहल गरेर समस्या समाधान गरिरहेको दुतावासका कुटनीतिक नियोग उपप्रमुख भट्टराईको कथन थियो । नगरप्रमुख भट्टराईद्धारा राखिएको एउटा जिज्ञासाका बारेमा नियोग उपप्रमुख भट्टराईले इपिएसमा कोरिया आएका नेपाली युवाहरुलाई पर्ने सम्भावित समस्यामा नेपाल सरकार र कोरियन सरकारको पुलको काम गर्दै समस्या समाधान गरिरहेको बताउनुभयो । त्यस्तै नेपालीलाई कोरियनले हेर्ने दृष्टिकोणका सम्बन्धमा नियोग उपप्रमुखले नेपालीहरु इमान्दार, मेहेनती र अनुशासित नागरिकको रुपमा कोरियनले मान्ने गरेको अनुभव बताउनुभयो । तर पछिल्लो समय सिजनल कामदार र कुनै प्रयोजनका लागि कोरिया आएर लुकेर बस्ने प्रवृत्ति बढ्दै जाँदा नेपालीको छवि धमिलो बन्दै गएको थाहा भयो ।
अबैधानिक कामदारलाई कोरियन सरकारले कुनै प्रकारको भिसा दिलाउन नसक्ने भएकोले दुतावासले सहज ढंगले नेपाल फर्काउन बाध्यता रहेको पनि उहाँले बताउनुभयो ।
कानूनी रुपमा मात्र दुतावासले सहजिकरण गर्न सक्ने भएकोले समस्या आइपर्दा तत्कालै दुतावासमा आएर वा फोनमार्फत जानकारी दिइ सहयोग लिन उहाँको सुझाव थियो । नेपालबाट कोरिया आएर स्थानीय सरकारका रुपमा नगर प्रमुख भट्टराई तथा उहाँको टोलिले दुतावासमा आई कोरियामा रहेका समग्र नेपालीहरुको अवस्था र समस्याका वारेमा चासो लिई समाधानका उपायका वारेमा छलफल भएकोमा दुतावासका तर्फबाट खुशी व्यक्त गरिएको जनाइएको छ ।
दुतावासस्थित भेटघाटमा नगरप्रमुख भट्टराईका साथ किष्ट कलेजका अध्यक्ष माधव प्रसाद वराल, प्रवन्धक निर्देशक राजेन्द्र कुमार घिसिङ, कोरियन भाषा विज्ञ सहजकर्ता नवराज काफ्ले र गोयांग कृषि विश्व विध्यालयका निर्देशक प्रो. लि. सांग जु सहभागी हुनुहुन्थ्यो ।
नगरप्रमुख भट्टराईको कोरिया भ्रमणका क्रममा भएका महत्वपूर्ण कार्यक्रमहरुका वारेमा त्यहाँका सञ्चारमाध्यमले समेत स्थान दिइरहेको थाहा भएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !