पौष १३, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ‘मानव र जंगली जनावर प्राकृतिक सहयात्रा हाम्रो प्रयास’ विषयक छलफल तथा अन्तरक्रिया कार्यक्रम हिजो शुक्रबार नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ । नगरप्रमुख तीर्थराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा काठमान्डौबाट आउनु भएका डाक्टर बेनुबहादुर कार्कीले ‘मानव र जंगली जनावरः प्राकृतिक सहयात्रा हाम्रो प्रयास’ विषयमा बोल्नु हुँदै बादर नियन्त्रणको उपायहरुको बारेमा सुझाव दिनुभएको थियो ।
उक्त कार्यक्रममा वडा नः ३ का वडाध्यक्ष महेन्द्र बहादुर राईले बाँदर व्यवस्थापनको उचित प्रबन्ध आवश्यक भएको भन्दै यसका लागि नगरपालिकाले बन्दोवस्त गर्नुपर्ने बताउनु भयोे । उहाँले अगाडि भन्नुभयो—‘सबैले बाँदर नियन्त्रण भएन भन्नुहुन्छ, नियन्त्रणको उपयुक्त उपाय दिनुहुँदैन, अब नगरपालिकाले नै नीति तथा कार्यक्रम र बजेटमा नै बाँदर नियन्त्रणको विषय समेट्नुपर्ने हो भन्दा सामान्य सुनिन्छ, तर कार्यान्वयनको पक्ष भनेजस्तो सहज छैन् । तर अब यसतर्फ ध्यान नदिइ पनि भएको छैन ।’
यस्तै कार्यक्रममा सहभागी जेष्ठ नागरिक दुर्गा प्रसाद घिमिरेले भन्नु भयो,—‘राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनमा बाँदर मार्ने अधिकार छैन। बाँदरलाई जसरी हुन्छ किसानको अन्नबाली खान नदिन र किसानबाट टाढा राख्नु मुख्य चुनौती भएको छ ।’
किसानको बारीमा बाँदर नआउने अचुक उपाय लागाउनु पर्ने घिमिरेले बताउनु भयो । ‘किसानलाई खेतबारीमा टिकाइराख्न बाँदरलाई जङ्गलतिरै रोक्नु आवश्यक छ। तर, बाँदरका कारण किसानले भोग्नुपरेको क्षतिबारे थाहा हुँदाहुँदै पनि यो समस्यालाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा अनभिज्ञ छौ, बाँदरले किसानको बारीमा पु¥याएको क्षतिलाई मूल्याङ्कन गरी क्षतिपूर्ति दिने व्यवस्था कानुनमा नै छैन्’—उहाँको कथन थियो ।
बाँदर नियन्त्रण नहुँदा कृषितर्फ किसान निरुत्साहित हुँदै गएकाले पहिला नगरपालिकाले बाँदरबाट अन्नवालि जोगाउन विशेष पहल भएपछि बल्ल अरु योजनामा बहस उपयुक्त हुने वडा अध्यक्ष दान बहादुर रार्ईले बताउनु भयो ।
नगरप्रमुख भट्टराईले किसानको मुख्य वालि नै नष्ट गर्ने बाँदरको समस्याबाट नगरपालिका अत्यन्त चिन्तित रहेको बताउनु हुँदै यस तर्फ सबै विज्ञहरुको समेत राय सल्लाह लिई कानूनको समेत ख्याल गर्दै बाँदर नियन्त्रणको चाँडै नै यथोचित उपाय अवलम्बन गरिने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !