जेठ २०, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको सदरमुकाम दिक्तेलवजारमा नागरिकता विधेयक प्रमाणिकरणको विरोधमा राँकेजुलुश प्रदर्शन गरिएको छ । राष्ट्रपतिबाट जेठ १९ गते संसद छलेर अवैधानिक तरिकाले नागरिकता विधेयक प्रमाणिकरण गरेको भन्दै त्यसको विरोधमा एमाले निकट अनेरास्वबियुले शुक्रवार वेलुकी दिक्तेलवजारमा राँके जुलुस प्रदर्शनका साथै राष्ट्रपति रामचन्द्र पौडेल तथा सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्रि पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका हुन् ।
‘‘मृत नागरिकता विधेयकलाई असंवैधानिक ढंगले राष्ट्रपतिबाट प्रमाणिकरण भएकोमा चौतर्फी यसको विरोध भइरहेको छ । यसैक्रममा शुक्रवार दिक्तेल बजारमा एमाले निकट अनेरास्वाबियुले नागरिकता विधेयक खारेजी र अखण्ड नेपालको पक्षमा विरोध प्रदर्शन गरिएको हो । ’’– अनेरास्वावियुका सचिब बिष्णु उपरकोटीले हलेसी एफ एमलार्ई भन्नुभयो । नागरिकता विधेयक खारेजीको माग गर्दै अनेरास्वबियुले पुष्पलाल स्मृति भवनदेखि दिक्तेलको त्रिबेणीचोकसम्म राँके जुलुस प्रदर्शन गरेको थियो ।
मसाल जुलुस र पुत्ला दहनपछि त्रिबेणीचोकमा भएको कोणसभालाई अनेरास्वबियु खोटाङका अध्यक्ष मोहन संग्राम र राष्ट्रिय युवा संघ खोटाङका अध्यक्ष रोशन चाम्लिङले सम्बोधन गर्नुभएको थियो । त्रिबेणीचोकमा प्रदर्शनकारी र प्रहरीबिच केहीवेर मसाल खोसाखोस चलेको थियो ।
शनिवार विहान सडक बहसका लागि दिक्तेलको त्रिवेणी चौकमा अनेरास्वाबियुका युवांहरु जम्मा भएको बुझ्नमा आएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !