मंसिर ०७, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लामा विविध कार्यक्रमका साथ सप्ताहव्यापी रुपमा १३ औँ कर दिवस मनाइएको छ । हरेक नागरिकलाई करको दायरामा आउनका लागि आह्वान स्वरुप “कर प्रणालीको सार-लगानीको आधार” भन्ने मुल नाराका साथ १३ औँ कर दिवस मंसिर १ गते शनिवार देखि आज शुक्रवारसम्म विविध कार्यक्रम गरी आजै समापन गरिएको करदाता सेवा कार्यालय खोटाङले जनाएको छ ।
खोटाङ उद्योग वाणिज्य संघ र करदाता सेवा कार्यालय दिक्तेल खोटाङको संयुक्त आयोजनामा सुरु गरिएको कर सप्ताह कार्यक्रम ७ दिनसम्म सञ्चालन भएको हो । करदाता सेवा कार्यालय खोटाङका कर अधिकृत रितिशा गौतमको अध्यक्षता तथा पूर्वसांसद कुलप्रसाद फुयालको प्रमुख आतिथ्यमा गरिएको कर सप्ताह समापन कार्यक्रममा करदाता सेवा कार्यालय खोटाङले सबैभन्दा बढी मूल्य अभिबृद्धि कर र आयकर दाखिला गर्ने करदाता हलेसी आयल ट्रेड एण्ड सप्लायर्स तथा दिक्तेल अंग्रेजी आवासीय विद्यालयलाई सम्मान गरेको खोटाङ उध्योग वाणिज्य सघंका सचिव लेखबहादुर खड्का (बिनोद) ले बताउनु भएको छ ।
आर्थिक वर्ष २०७९/०८० मा रु.५० करोडसम्म कारोवार गर्ने हलेसी आयलले .१८ लाख ५१ हजार ५८२ रुपैयाँ र दिक्तेल अंग्रेजी आवासीय विद्यालयले.१४ लाख २२ हजार ६३१ रुपैयाँ कर दाखिला गरेका थिए ।
समापन समारोहमा पूर्वसांसद कूलप्रसाद फुयाल र कर अधिकृत रितिशा गौतमले हलेसी आयल ट्रेड एण्ड सप्लायर्सका प्रोपाइटर महेन्द्र राई र दिक्तेल अंग्रेजी आवासीय विद्यालयका प्रधानाध्यापक धनकर्ण श्रेष्ठलाई कदरपत्रका साथ सम्मान गरेको सचिव खडकाले हलेसी एफ एमलार्ई बताउनु भयो ।
यस्तै, कर प्रशासनमा रही उल्लेखनीय एवंम् प्रशंसानीय कार्य सम्पादन गरेकामा सोही कार्यालयमा कार्यरत नायब सुब्बा नेत्र प्रसाद बास्तोलालाई नगद रु.पाँच हजार र सम्मान पत्र दिएर सम्मान गरिएको छ ।
हामीले तिरेको कर समृद्धिका सम्बाहक रहेको उल्लेख गर्दैै कर अधिकृत गौतमले बढी आय हुनेले बढी कर र कम आय हुनेले कम कर तिर्नुपर्ने एवं आम्दानीको आधारमा कर तिर्नुपर्ने भएकाले बढी कर तिर्ने मात्र नभई आफ्नो आयको आधारमा यथार्थपरक कर तिरेमा कम कर तिर्ने करदाता पनि उत्तिकै सम्मानित हुने बताउनुभयो ।
कर सप्ताहको दोस्रो दिन आइतबार करदाता सेवा कार्यालय दिक्तेलमा आउनु भएका पहिलो सेवाग्राही दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेलमा अवस्थित छिता पोखरी सुनचाँदी पसल सञ्चालन गरेर बस्नु भएका लोक बहादुर विश्वकर्मालाई कर चुक्ता प्रमाणपत्र प्रदान गर्दै खादा र अबिरले सम्मान गरिएको थियो ।
कर सप्ताह समापन कार्यक्रमको सहजिकरण खोटाङ उध्यो वाणिज्य सघंका सचिव लेखबहादुर खड्का (बिनोद) ले गर्नु भएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !