श्रावण ३२, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
आफ्नो जिम्मेवारी पूरा गर्न हतार हतार विध्यालय जाँदै गर्दा त्योभन्दा हतारले जीवन नै समाप्त पार्ने गरी आफूमाथिबाट पहिरो धस्केर आफ्नै जीवन लिला समाप्त पार्दैछ भन्ने ५७ वर्षिया शिक्षाका सावित्रीदेवीलाई के थाहा ! खोटाङको रावावेशी गाउँपालिका वडा नं. ३ लामिडाँडास्थित विश्वज्योति माविकी शिक्षिका सावित्रीदेवी नेवारको श्रावण ३१ गते विहीवार विहान अन्दाजी ९.४५ वजेको समयमा विध्यालय जाँदा जादै बाटोमा पहिरो खसेर पुरिदा दुखद निधन भएको छ ।
विद्यालय पुग्न करिब १५० मिटर टाढाको सडकमाथिबाट झरेको पहिरोले पुरिनुभएकी शिक्षिका साबित्रादेवीलाई स्थानीय बासिन्दा र प्रहरीले उद्धार गर्नेक्रममा डेढ घण्टापछि मृत फेला पारेको जनाइएको छ ।
पहिरोमा शिक्षिका साबित्रादेवीसँगै गफ गर्दै अगाडिपछाडि हिड्नेहरु निमेषभरको फरकमा पहिरोबाट बाँच्न सफल भएको बताइन्छ् । वडा कार्यालयभन्दा उत्तरतर्फ लामीडाँडा विमानस्थल र रभुँवाघाट जाने दुईवडा सडकमध्ये लामीडाँडा विमानस्थल जाने सडकमुनिबाट झरेको पहिरोले रभुँवाघाट जाने सडक पुरिँदा घटना भएको वडाध्यक्ष वीरेन्द्र मगरले जानकारी दिनुभयो ।
पारिवारिक श्रोतका अनुसार शिक्षिका साबित्रादेवीको शवलाई विहीवार नै जिल्ला अस्पताल दिक्तेलमा ल्याएर पोष्टमार्टम गरिसकेपछि गाउँ लगिएको छ ।
वि.सं. २०५७ सालदेखि त्यस विद्यालयमा कार्यरत शिक्षिका साबित्रादेवी केही महिनापछि अनिवार्य अवकास हुने तयारीमा हुनुहुन्थ्यो ।
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान