जेठ २४, २०८० , Koshi
हलेसीन्युजडेस्क, खोटाङ
कोशी सरकारबाट माओवादी केन्द्र अलग भएकै भोलिपल्ट प्रदेश सरकारले पहिचानवादीसँग वार्ता गर्न तीन सदस्यीय वार्ता टोली गठन गरेको छ । जेष्ठ २३ मा माओवादी केन्द्रले सरकार छाडेपछि अल्पमतमा परेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीले जेष्ठ २४ मा पहिचान पक्षधरसँग वार्ता गर्न समिति गठन गर्नुभएको हो ।
पहिचानवादीहरुसँग वार्ता गर्न खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री तिलकुमार मेन्याङ्वो नेतृत्वको समितिमा सामाजिक विकास मन्त्री बुद्धिकुमार राजभण्डारी र सरकारका प्रवक्ता तथा कृषि मन्त्री भक्तिप्रसाद सिटौला सदस्य रहनुभएको छ ।
मंसिर ४ गतेको प्रदेश सभाको निर्वाचनमा झापा ५ ‘क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएर पौष २४ गते प्रदेश सरकारको मुख्यमन्त्रिको वागडोर सम्हालेका हिक्मतकुमार कार्कीले आफ्नो कार्यकालको प्रमुख एजेण्डा नै प्रदेश एकको नामाकरण बनाउनु भयो । फल्गुण १७ गते प्रदेश सभाको दुइतिहाइ बहुमतबाट कोशी नामाकरण गर्न सफल हुनुभयो । तर यही सफलता अन्तत सरकार चलाउन सबैभन्दा सकसको विषय बन्न पुग्यो ।
तत्पश्चात उहाँको कार्यकालमा उहाँ मात्र होइन अन्य प्रदेश सांसदहरु पनि ढुककसँग आफ्नो निर्वाचन क्षेत्र घुम्न सकिरहनु भएको छैन । आन्दोलनले दिनदिनै सघन रुप लिदै गयो । कति साँसदहरु आफ्नो जिल्ला गएको वेला आन्दोलनकारीको प्रतिकार समेत खेप्नु परेको छ । कोशी प्रदेशको राजधानी एककिसिमले रणमैदान जस्तै बन्दै गएको छ भने प्रदेश सभाको बैठक सुरक्षा कर्मीको घेराबन्दिमा गर्नुपर्यो । आन्दोलनकै क्रममा चैत १० गते पदम लिम्बुको मृत्यु भएको थियो ।
यति हुदा हुँदै पनि नामबारे कुनै छलफल नहुने बताउँदै अउनुभएका मुख्यमन्त्री कार्कीले सरकार ढल्ने भएपछि बुधबार बसेको मन्त्रिपरिषद बैठकबाट वार्ता टोली नै बनाएर आन्दोलनकारीलाई वार्ताको ढोका खोलिदिनु भएको छ । आन्दोलनकारीले सरकारको यो प्रयासलाई कसरी लिनेछन् आधिकारिक प्रतिकृया आउन बाँकी छ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।