मंसिर २८, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१ हाटडाँडास्थित कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन आज एक कार्यक्रमका वीच उद्धघाटन गरिएको छ । आर्थिक कोरिडोर कार्यालय पाख्रीबासका वरिष्ठ कृषि अधिकृत डा.इन्द्रनारायण शाहको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि कृषि तथा पशुपन्छी बिकास मन्त्रि रामनाथ अधिकारीले आज मंसिर २८ गते विहान १० वजे उक्त भवनको उद्घाटन गर्नु भएको हो ।
उद्घाटन कार्यक्रममा बिशेष अतिथिका रुपमा खोटाङ जिल्लाका प्रतिनिधि सभा सदस्य सरस्वती बजिमय, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, नगरउपप्रमुख वीशन राई रहनुभएको थियो ।
ग्रामिण उध्यम तथा आर्थिक विकास आयोजनाबाट आथ्रिृक वर्ष २०८०/८१ मा भ्याट सहित रु.२ करोड ९८ लाखमा कृषि तथा पशुपन्छी सेवा केन्द्रको भवन निर्माण भएकोे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले जनाएको छ ।
विगत वर्षहरुमा १० जना कृषि विकास तर्फका कर्मचारी र ११ जना पशु सेवाका कर्मचारीले एउटा सिमित कोठाबाट सेवा प्रवाह गर्नुपर्ने बाध्यता रहेकोमा अब नवनिर्मित व्यवस्थित र सुविधासम्पन्न कृषि तथा पशुपन्छी सेवा केन्द्रबाट यस नगरपालिकाका कृषकहरुलाई सेवा प्रदान गरिइने भन्दै यो भवन निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने आयोजनालाई नगरप्रमुख भट्टरार्ईले विषेश धन्यवाद प्रकट गर्नु भएको छ ।
उहाँले भन्नुभयो–‘हामी निर्वाचित भए पश्चात यस नगरपालिकाको आर्थिक समृद्धिका लागि कृषि र पर्यटनलाई मुख्य केन्द्रमा राखेर विभिन्न कार्यक्रम संचालन गरिरहेका छौ । यस नगरपालिकाको भौगोलिक विविधताको सदुपयोग गर्दै नगरपालिकाको कृषि क्षेत्रको वर्गिकरण गरेर विभिन्न कृषि वालीहरुका साथै कफी, स्कुस, किवी खेति र पशुपालन व्यवसायलाई विशेष प्राथमिकतामा राखी कार्यक्रम संचालन गरिरहेका छौ ।’
उहाँले बालि तथा पशु वीमामा नगद अनुदान कार्यक्रम अन्तर्गत संघीय सरकारले दिने अनुदानमा १० प्रतिशत थप नगद अनुदान वीमा कम्पनी मार्फत भुक्तानि गरिरहेका उल्लेख गर्नुभयो ।
संघीय सरकारको नीति बमोजिम उत्पादन साथमा अनुदान हात्तमा भन्ने नारा सहित विषेश वालि बस्तु पहिचान गरि कृषि तथा पशुजन्य बस्तुको उत्पादनमा आधारित अनुदान सम्बन्धि कार्यविधि २०८० बमोजिम जंगली जनावर बाँदरबाट हुने क्षति नियन्त्रणका लागि वैकल्पिक बालिको खेतिमा प्रोत्साहन गर्दै वाँदरले कम क्षति गर्ने बालिहरु जस्तै तोरी, प्याज, वेसार, मौरी पालनमा नगद अनुदानको व्यबस्था गरिएको नगरप्रमुख भट्टराईको कथन छ । कृषि कर्जाको व्याज अनुदानका लागि वित्तिय संस्थाहरु मार्फत व्यवसायिक कृषि कर्जा उपलब्ध गराउने कार्यक्रम समेत रहेको नगरप्रमुख भट्टराईले बताउनु भयो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि विशेष अतिथिमा साथै वडाका अध्यक्षहरु, दलका प्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु तथा स्थानीय नगरवासीहरुको उपस्थिति रहेको थियो ।
आजै कृषि तथा पशुपन्छी मन्त्रि अधिकारी सदरमुकामस्थित सरस्वती माध्यामिक विध्यालयको एक कार्यक्रम तथा वडा नं. ६ नेर्पामा भएको बाँसको सिपमूलक तालिम कार्यक्रमको उद्घाटन समारोहमा समेत सरिक भएर आजै राजधानी फर्किनु भएको थाहा भएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !