फागुन १२, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकाभित्र फोहोरमैलालाई व्यवस्थापन गर्नका लागि बनेको साकेला गाउँपालिकाको फोहोरमैला व्यवस्थापन कार्यविधि, २०८० कार्यान्वयनमा ल्याईएको छ । हालै बसेको गाउँ कार्यापालिका बैठकले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ उपदफा २ (११) बमोजिम र सोही ऐनको दफा ७ तथा फोहोरमैला व्यवस्थापन ऐन २०६८ को दफा ५१ ले दिएको अधिकार प्रयोग गरि निर्माण गरिएको कार्यविधिलाई पास गरि कार्यान्वयनमा ल्याइएको हो ।
फोहोरमैलाको दिगो व्यवस्थापन गरि गाउँपालिकालाई स्वच्छ, सफा पूर्ण सरसफाईमैत्री पालिका बनाईने गाउँपालिकाको आवधिक विकास योजनाको लक्ष्य अनुरुप हाल पालिकाको पाँचवटै वडामा पूर्ण सरसफाई कार्यक्रम सञ्चालन भईरहेको छ । फोहोरमैलाको दिगो व्यवस्थापनका लागि गाउँपालिकाले निर्माण गरेको आवधिक योजनामा पूर्ण सरसफाईमैत्री पालिका कार्यान्वयनलाई प्राथमिकतामा राखिएको गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताउनुभयो ।
घर तथा बस्ती र बजारबाट निस्कने फोहोरबाट विभिन्न किसिमका रोग उत्पन्न हुनुका साथै मानव जीवनमा दीर्घकालिन असर पर्ने भएका कारण फोहोरमैलाको बेलैमा उचित व्यवस्थापन गर्न सके सुन्दर र सफा पालिका निर्माण गर्न सकिने अध्यक्ष राईको भनाई छ ।
पूर्ण सरसफाई कार्यक्रम अन्तर्गत प्रत्येक वडाको टोल तथा बस्ती, सार्वजनिक स्थल, सरकारी कार्यालय तथा विद्यालय, बजार र पार्कमा फोहोरमैला संकलन गर्नका लागि पालिकाले डष्टविन वितरण गरिसकेको छ । उक्त डष्टविनमा संकलित फोहोरमैलालाई गाउँपालिकाले सटिङ साईडमा पुर्याएर व्यवस्थापन गर्ने लक्ष लिएको छ । साकेला–३ खिदिमामा गाउँपालिकाले सटिङ साईड निर्माण गर्ने तयारी अनुरुप काम गरिरहेको छ भने सटिङ साईट र सो स्थानसम्म पुग्ने सडकका लागि आवश्यक जग्गा स्थानीयहरुले उपलब्ध गराएका छन् ।
गाउँपालिकाभित्र फोहार मैला गर्ने उपर फोहोरमैला व्यवस्थापन गर्नका लागि बनेको कार्यविधिको दफा १४ मा व्यवस्था भएअनुसारको दण्ड, सजाय तथा जरिवानाको व्यवस्था रहेको पालिका श्रोतले जनाएको छ ।
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान