चैत्र २४, २०८० , Khotang
-
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङमा चैत्र १६ गतेदेखि सञ्चालन भएको खोटाङ-युके निःशुल्क स्वास्थ्य शिविरको औपचारिक समापन गरिएको छ । खोटाङ सेवा समाज वेलायतको आयोजनामा खोटाङका ११ स्थानहरुमा चैत्र १६ देखि २३ गतेसम्म निःशुल्क स्वास्थ्य सेवा प्रवाह गरी पूर्वघोषित कार्यक्रम अनुसार शनिवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं.२ सोल्मास्थित शुभम फाउण्डेशनमा विशेष कार्यक्रमको आयोजना गरेर खोटाङका विशिष्ट दुई व्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कृत गर्दै शिविरको औपचारिक समापन गरिएको हो ।
कार्यक्रममा शैक्षिक, साँस्कृतिक क्षेत्रका अलावा सामाजिक र साहित्यिक फाँटमा समेत योगदान पुराउदै आउनुभएका केपिलासगढी गाउपालिका निवासी चतुरभक्त राईलाई खोटाङ नागरिक सम्मान-२०८० द्धारा सम्मानित गरिएको थियो भने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ९ निर्मलीडाँडा लामाखुका वरिष्ठ कवि चन्द्र रानाहोँछालाई साहित्यिक क्षेत्रमा पुराउनुभएको योगदान स्वरुप प्रतिभा पुरस्कार द्धारा पुरस्कृत गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’, जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर प्रमुख तीर्थराज भट्टराइको वाहुलीबाट समाजसेवी शिक्षविद राईलाई नगद राशी रु १ लाख तथा ताम्रपत्रसहितको नागरिक सम्मान र वरिष्ठ कवि रानाहोँछालाई नगद राशी रु. पचासहहजार तथा ताम्रपत्रसहित प्रतिभा पुरस्कार-२०८० प्रदान गरिएको थियो ।
खोटाङ सेवा समाज युकेले साहित्य, कला, सँगीत, शिक्षा, खेलकुद, समाजसेवा लगायतका माध्यमबाट आफ्नो गाउँ, समाज र राष्ट्रलाई सेवा पु¥याउँदै आएका ६० वर्षमाथिका व्यक्तित्वलाई नागरिक सम्मान तथा २० वर्षमाथिका प्रतिभालाई खोटाङ प्रतिभा पुरस्कार प्रदान गर्दै आएको छ ।
यस अगाडि पहिलो चरणमा कृषिविज्ञ मदन राई र गायक रुपकुमार राई, दोश्रो चरणमा साहित्यकार जसराज किराँती र सँगीतकार शान्तिराम राई, तेश्रो चरणमा शिक्षासेवी एवम् समाजसेवी ईमानसिं राई र गीतकार टीका चाम्लिङ, चौथो चरणमा स्वास्थ्यकर्मी ध्रुबलक्ष्मी राई र सञ्चार अभियान्ता टंकबहादुर थापा तथा पाँचौ चरणमा शिक्षाविद जयकुमार राई र साहित्यकार एवम् प्राध्यापक डा. धनप्रसाद सुवेदीलाई नागरिक सम्मान तथा खोटाङ प्रतिभा पुरस्कार प्रदान गरिसकिएको छ ।
समाजले यस वर्ष छैटौँ चरणको सम्मान र पुरस्कार जिल्लामा आयोजना गरिएको ‘खोटाङ–युके निःशुल्क स्वास्थ्य शिविर’ समापनको अवसर पारेर प्रदान गरेको हो ।
खोटाङ सेवा समाज वेलायतका अध्यक्ष डा. प्रमोद कोयी राईको अध्यक्षतामा आज भएको कार्यक्रममा खोटाङ कलाकार समाजका वरिष्ठ कलाकारहरु महेश खड्का, रुपकुमार राई, मेनुका राई, रोशन राई लगायतले सुमधुर गीतहरु प्रस्तुत गर्नुभएकोे थियो ।
हलेसीन्युजडेस्क, खोटाङ । वैशाख ११, शुक्रवार / खोटाङ जिल्लाको दिक्तेल...
----सुमित्रा थामी ‘अविरल’ सीमाना पारि उभिएर मेरो आँखामा दार्जिलिङ कुहिरोले...
हलेसीन्युजडेस्क, खोटाङ । बैशाख ६, आइतवार / खोटाङको साकेला गाउँपालिकाले...
हलेसीन्युजडेस्क, खोटाङ । चैत्र ३०, सोमवार / खोटाङको जन्तेढुंगा गाउँपालिकाले...
यस्ता गतिविधिले समुदायमा सकारात्मक सन्देश प्रवाह हलेसीन्युजडेस्क, खोटाङ । चैत्र...
हलेसीन्युजडेस्क, खोटाङ । चैत्र २८, शनिवार / राष्ट्रिय स्वतन्त्र पार्टी...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान