कार्तिक २०, २०८० , Sakela Gaupalika
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको साकेला गाउँपालिका वडा नं. २ रतन्छामा रहेको प्रहरी चौकीको नवनिर्मित भवन परिसरमा आगन्तुकहरुका लागि थप प्रतिक्षालय निर्माण गरिदिनुहुने व्यक्तिहरुलाई सम्मान गरिएको छ । प्रहरी चौकी भवन निर्माणका लागि आवश्यक जग्गा उपलव्ध गराइदिनुहुने स्वर्गीय दलसुर राई र उहाँकी धर्मपत्नि स्वर्गीय कृष्णकुमारी राईको स्मृतिमा उहाँका नातीहरु यादवचन्द्र राई र शंकर राईले नवनिर्मित प्रहरी भवन परिसरमा आगन्तुकहरुका लागि प्रतिक्षालय समेत बनाइदिनुभएपछि आइतवार एक समारोहका वीच उहाँहरुलाई सम्मान गरिएको हो ।
वडा नं.२ रतन्छाका वडाध्यक्ष जितेन्द्रकुमार राईको अध्यक्षतामा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई प्रमुख अतिथि, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार निशिष्ट अतिथि एवं जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्का विशेष अतिथि रहनु भएको कार्यक्रममा उहाँहरुलाई सम्मान गर्दै उक्त कार्यको सबैबाट सह्राहना गरिएको थियो ।
तत्कालिन रतन्छा गाउँपंचायत रहदा २०४४ सालमा स्थापना भएको प्रहरी चौकी (क) को स्थानीयहरुको श्रमदानबाट निर्मित आफ्नो भवन माओवादी द्धन्दकालमा ध्वस्त भएपछि नयाँ भवन नबनेसम्म गाविस कार्यालयको पुरानो भवनमा अस्थायी रुपमा रहदै आएको थियो । हाल सघन शहरी भवन निर्माण आयोजनाबाट रु. १ करोड ७६ लाखमा नयाँ र अत्याधुनिक भवन बनिसकेको छ । सोही भवनका लागि जग्गा दिने राई दम्पतिका नाममा उहाँहरुका नातीहरुले प्रतिक्षालय बनाइदिएपछि स्थानीयहरुबाट समेत उहाँहरुको प्रशंसा भैरहेछ ।
हाल त्यहाँ असई वीरेन्द्र पण्डितको नेतृत्वमा सुरक्षाकर्मीहरु कार्यरत छन् ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !