फागुन २५, २०७९ , Mechinagar-6, Jhapa
हलेसीन्युजडेस्क, खोटाङ /
कोशी प्रदेशका तीनवटा जिल्लामा विस्तारित झापाको मेचीनगर ६ मा मुख्य कार्यालय रहेको नेपाल बहुउद्देश्यीय सहकारी संस्था ९एनएमसी०ले आज आफ्नो ३०औं स्थापना दिवस मनाएको छ । आज संस्थाका सबै वित्तीय सेवा केन्द्रहरु, कृषि फर्म, डेरी उद्योग, सहकारी पसलहरु एवम् चिया उद्योगहरुमा दिउँसो २ बजेदेखि ४ बजेसम्म एकसाथ वार्षिकोत्सव सहितको स्थापना दिवस मनाइएको हो ।
२०५० साल फागुन २४ गते तत्कालीन काँकरभिट्टा गाविसको एउटा वडालाई कार्यक्षेत्र बनाएर २६ जनाद्वारा स्थापित संस्थामा आज १ लाख ४५ हजारभन्दा बढी सदस्यहरु आवद्ध छन् । नेपालकै अग्रणी सहकारी संस्थाको पहिचान बनाएको एनएमसीले हाल पाँच वटा अलग व्यवसायहरु सञ्चालन गरेर बहुउद्देश्यीय संस्थाको गरीमालाई फराकिलो बनाउँदै लगेको अध्यक्ष रामचन्द्र उप्रेती बताउँनुहुन्छ ।
बिर्तामोड सेवा केन्द्रमा आयोजित वार्षिकोत्सव समारोहका केन्द्रीय प्रतिनिधि, संस्थाका संस्थापक अध्यक्ष उप्रेतीले ३० वर्षको अन्तरलमा एनएमसी सबै हिसाबले सक्षम भइसकेको बताउनुभयो । एनएमसीले सदस्यबाट जम्मा भएको निक्षेप र सेयर रकम सदस्यमाझ नै कर्जा लगानी गरेको बताउँदै अध्यक्ष उप्रेतीले सदस्यहरुले फिर्ता लिन चाहेको निक्षेप रकम भुक्तानी गर्न संस्था सक्षम रहेको पनि प्रष्ट पार्नुभयो ।
नेपाल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रामचन्द्र उप्रेती
जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्का कार्यक्रममा बोल्नुहुँदै
बिर्तामोड सेवा केन्द्र उपसमितिका संयोजक गोपाल काफ्लेको अध्यक्षतामा आयोजित वार्षिकोत्सव समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति झापाका उपप्रमुख शान्ता रोक्काले एनएमसीले महिला सदस्यहरु विस्तार गर्न र विभिन्न समितिमा समावेश गर्न चालेका रचनात्मक कदमहरुको प्रशंसा गर्नभएको थियो । संस्थाको स्थापना ८ मार्चमा हुनु, सो दिन अन्तर्रारिष्ट्रय नारी दिवस पर्नु र एनएमसीमा ५३ प्रतिशत सदस्य र कर्मचारीहरु महिला हुनु संयोगमात्र नभएको उहाँको भनाई थियो ।
बिर्तामोड कार्यालयका प्रमुख हरिमाया ओझाले सञ्चालन गरेको वार्षिकोत्सव समारोहमा आमन्त्रित अतिथि तथा सहभागीहरुलाई अपरेशन इन्चार्ज श्रृङ्खला पौडेलले शाब्दिक स्वागत गर्नभएको थियो ।
सो कार्यक्रममा बिर्तामोड सहकारी पसलमा धेरै मूल्यको सामग्री खरिद गर्ने चोमप्रसाद ढकाललाई सम्मान गरिएको थियो । एनएमसीमा आवद्ध भएको दिनदेखि आजसम्मका अनुभवहरुलाई इकाई संयोजक सविता खनाल र कार्यालयका कर्मचारी सुरेश राजवंशीले अनुभव मन्तब्य व्यक्त गर्नभयो।
स्थापना दिवस तथा वार्षिकोत्सव मनाइएका सबै स्थानमा एउटै कार्यसूचिमा कार्यक्रम सञ्चालन गरिएको कर्पोरेट प्रशासन विभाग प्रमुख चेतन शर्माले जानकारी दिनुभएको थियो ।
संस्था स्थापनाको दिनदेखि नै एनएमसीले कमल गाउँपालिकाको पाडाजुंगीमा रहेको एक सहकारी संस्थासँग एकीकरण गरी एकीकृत कारोबार तथा सेवा केन्द्र सुरु गरेको छ । अब एनएमसी बचत तथा ऋण व्यवसाय अन्तरगत ५८ वटा सेवा केन्द्रहरु भएका छन् ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।