चैत्र ०६, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ सोल्मा, डाँडागाउँमा तोरीको तेल पेल्ने उध्योगको औपचारिक उद्घाटन गरिएको छ । वडा नं. २ सोल्मा, डाँडागाउँस्थित सोल्माली कृषि तथा पशुपन्छि फार्मले नगरपालिकाको ७५ प्रतिशत सहयोग र फर्मको तर्फबाट पच्चिस प्रतिशत लगानीमा स्थापना गरिएको तेल पेल्ने उध्योगको सोमवार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई तथा उपप्रमुख वीशन राईले स्विच अन गरेर औपचारिक उद्घाटन गर्नुभएको हो ।
काठमाण्डौस्थित तेन्जिङ नेपाल कम्पनीबाट सामान झिकाएर फिटिङका साथै सम्पूण काम सम्पन्न गर्न करिव रु.८ लाख लगानी भएको फर्मका व्यवस्थापक दीपेन्द्र राई बताउनुहुन्छ ।
यसमा नगरपालिकाको रु. ६ लाख र सोल्माली कृषि तथा पशुपंक्षी बहुउद्धेश्यीय फर्मको रु. २ लाख खर्चमा मिल घर तयार गरेर फागुन १७ गतेदेखि नै परिक्षणका रुपमा सञ्चालन भैरहेको व्यवस्थापक राई बताउनुहुन्छ ।
दिक्तेल रुपकोट मझुवागढी नगरपालिका वडा नं. २ सोल्मा, डाँडागाउँमा २०७२ सालमा स्थापना गरिएको यस फर्मले स्थानीय कृषकहरुले उत्पादन गरेको तोरी संकलन गरी अर्गानिक व्राण्डमा तेल उत्पादन गरी स्थानीय उपभोक्ताहरुको घरघरमा पुराउने लक्ष्यका साथ यो उध्योग स्थापना गरिएको सोल्माली कृषि तथा पशु पन्छि फार्मका प्रोप्राइटर कल्पना राई बताउनुहुन्छ ।
प्रतिघण्टा १०० केजि तोरी पेल्न सकिने यस उध्योगका लागि आवश्यक तोरी जिल्लाले धान्न नसक्दा तराईबाट झिकाउनुपर्ने वाध्यता रहने उहाँको कथन छ । प्रतिकेजि तोरी रु ११० ले खपत गरी प्रशोधित तोरीको तेल प्रतिलिटर रु ४५० मूल्यमा विक्री गर्न शुरु गरिएको जनाइएको छ ।
तोरी उत्पादनमा स्थानीय सरकारहरुले किसानलाई प्रोत्साहित गरिरहेको वेला सदरमुकाम छेउ आधुनिक तेलहन उध्योग स्थापना गरेर किसानको पक्षमा थप उत्साहजनक काम भएको स्थानीय बताउछन् । जिल्लाको केपिलासगढी,रावावेशी गाउँपालिकाहरुले तोरी खेतीका लागि किसानहरुलाई प्रोत्साहन स्वरुप प्योकज कार्यक्रमहरु तयार गरिरहेका छन् ।
[यो पनि पढ्नुहोस --दिक्तेल सोल्मामा तोरी पेल्ने उध्योग सञ्चालन}
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान