कार्तिक १५, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
जिल्ला प्रहरी कार्यालय खोटाङले उत्पादन गरी हलेसी एफएमबाट प्रशारण हुदै आइरहेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत नागरिकसँग प्रहरी रेडियो कार्यक्रम निरन्तरताका लागि आज पुनः तेश्रो चोटि सामुदायिक रेडियो हलेसी एफएम र जिल्ला प्रहरी कार्यालय खोटाङवीच सम्झौता नवीकरण भएको छ ।
कोशी प्रदेश प्रहरी बार्षिक कार्ययोजना-२०८० को रणनीतिक क्रियाकलाप ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत जिल्ला प्रहरी कार्यालय खोटाङका तर्फबाट कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक प्रतिक बिष्ट र सामुदायिक रेडियो हलेसी एफ.एम.खोटाङका तर्फबाट स्टेशन म्यानेजर सुनिल श्रेष्ठद्धारा कात्तिक १४ गते बुधवार जिल्लाको समग्र शान्ति सुव्यवस्थाको अवस्था, प्रहरी गतिविधि, जनचेतनामुलक सामाग्री सहित नागरिकलाई सुरक्षाको प्रत्याभुति दिलाउने उद्देश्य अनुरुप जिल्ला प्रहरी कार्यालयद्धारा उत्पादन गरिने रेडियो कार्यक्रम “नागरिकसँग प्रहरी” पाक्षिक रुपमा सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेघाहर्जबाट प्रशारण गरिने सम्बन्धमा तेश्रो चरणका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
२०८० साल श्रावण १ गते जिल्ला प्रहरी कार्यालय खोटाङका तत्कालिन प्रहरी नायव उपरिक्षक मन्जिल मुकारुङको विशेष चासो र प्रयासमा ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम अन्तर्गत नागरिकसँग प्रहरी रेडियो कार्यक्रम प्रशारणका लागि जिल्ला प्रहरी कार्यालय खोटाङ पहिलो पक्ष र हलेसी एफएम दोश्रो पक्ष भएर प्रथम चरणमा सम्झौता भएको थियो ।
रेडियो कार्यक्रम ‘नागरिकसँग प्रहरी’को प्रभावकारिता र लोकपृयतालाई मध्यनजर गरी पुनः २०८० फाल्गुण ३ गते जिल्ला प्रहरी कार्यालय खोटाङका तात्कालिन प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्का र हलेसी स्टेशन म्यानेजर सुनिल श्रेष्ठले दोश्रो चरणका लागि कार्यक्रमको निरन्तरता दिने सम्झौता पत्रमा हस्ताक्षर गरी उक्त कार्यक्रमलाई निरन्तरता दिइदैै आएको थियो ।
तेश्रो चरणको सम्झौतापश्चात अब जिल्ला प्रहरी कार्यालय खोटाङबाट उत्पादित अपराध अनुसन्धान, नागरिक सचेतना लगायत समुदाय मैत्री प्रहरी गतिविधिसँग सम्बन्धित रेडियो कार्यक्रम–‘नागरिकसँग प्रहरी’–सामुदायिक रेडियो हलेसी एफएम १०२.४ मेघाहर्जबाट महिनाको हरेक १५ गते र १ गते विहान ८.०५ वजेदेखि ८.३० वजेसम्म नियमित प्रशारण गरिनेछ ।
[यो पनि--‘नागरिकसँग प्रहरी’ रडियो कार्यक्रम निरन्तरता सम्बन्धमा पुनः सम्झौता ]
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।