कार्तिक २३, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले भदौ र असोज महिनाको अवधिमा रु.५ लाख बढी राजश्व सङ्कलन गरेको छ । ट्राफिक निमय उल्लङ्घन गर्ने सवारी साधनका चालकहरुलाई कारबाही गर्दा सो राजश्व सङ्कलन भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।
जिल्लाको विभिन्न ठाउँमा खटिएका ट्राफिक प्रहरी टोलीले गत भदौ र असोज दुर्ई महिनाको अवधिमा ६ सय ५७ सवारी साधनलाई गरिएको कारबाहीबाट रु ५ लाख ७८ हजार ५ सय राजश्व सङ्कलन गरेको खोटाङका ट्राफिक जवान उपेन्द्र कठायतले हलेसी एफएमलार्ई जानकारी दिनु भएको छ ।
ट्राफिक जवान कठायतका अनुसार गत भदौ महिनामा टिपर ५ कारबाहीबाट रु. ५ हजार, मोटरसाइकल ९१ कारबाहीबाट रु.८ हजार, बस ८ कारबाहीबाट रु.७ हजार ५ सय, जीप÷कार १९० कारबाहीबाट रु.१ लाख ६९ हजार ५ सय, ट्याक्टर २९ कारबाहीबाट रु.२१ हजार, ट्रक ४३ कारबाहीबाट रु.३७ हजार र टेम्पो ४ कारबाहीबाट रु.७ हजार ५ सय राजस्व असुली भएको जनाइएको छ ।
यस्तै असोज महिनामा टिपर २ कारबाहीबाट रु.२ हजार, मोटरसाइकल ८२ कारबाहीबाट रु.७० हजार, बस ७ कारबाहीबाट रु.७ हजार ५ सय, जीप÷कार १४९ कारबाहीबाट रु.१ लाख ३३ हजार, ट्याक्टर १६ कारबाहीबाट रु.१३ हजार ५ सय, ट्रक २७ कारबाहीबाट रु.२२ हजार र टेम्पा ४ कारबाहीबाट रु.३ हजार राजस्व संकलन भएको जिल्ला ट्राफिक कार्यलय खोटाङले जानकारी दिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय खोटाङका अनुसार सवारीचालक अनुमतिपत्र नलिएका, साथमा आवश्यक कागजात नबोकेका, मादक पदार्थ सेवन गरेका,स्वरुप परिवर्तन, तीव्र गति र क्षमताभन्दा बढी लोड गरी चलाइएका चालकहरुलाई ट्राफिक नियमानुसार कारबाही गरेर राजस्व संकलन गरिएको बतार्ईएको छ ।
[यो पनि--ट्राफिक नियम उलंघन गरेवापत कारवाही गर्दा रु १३ लाख वढी राजश्व संकलन ]
–तीर्थराज भट्टराई नेपाली काग्रेस केवल एउटा राजनीतिक दल मात्र होइन,...
अध्यक्ष राईको नेतृत्वमा पर्यटकीय र संरचनागत रूपान्तरण हलेसीन्युजडेस्क, खोटाङ /...
हलेसीन्युजडेस्क, खोटाङ / पौष २६, शनिवार / खोटाङको दिक्तेल रूपाकोट...
नयाँ व्यवस्थापन समिति चयन हलेसीन्युजडेस्क, खोटाङ/ पौष २५, शुक्रवार /...
हलेसीन्युजडेस्क, खोटाङ/ पौष २२, मंगलवार / धरानस्थित श्री राष्ट्रिय माविमा...
धार्मिक–पर्यटकीय विकासतर्फ गाउँपालिकाको कदम हलेसीन्युजडेस्क, खोटाङ/ पौष १९, शनिवार /...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान