आश्विन १०, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ६ नेर्पा निवासी विनोद गजमेरको अहिले दुबै मृगौला फेल भएको हुँदा उनका लागि मृगौला फेर्नु पर्ने डाक्टरको सल्लाह छ । कहिले किसानका लागि फलफूलको विरुवा वितरण, कहिले सार्वजनिक स्थलहरुमा फोहोर संकलन गर्न आफ्नै खर्चमा डष्टवीनको व्यवस्थापन, कहिले मानवीय सर सहयोगमा अगुवाई गर्ने उत्साही युवाका रुपमा चिनिने विनोद अकस्मात गम्भिर विरामी भएकोले यतिखेर उनको पूनर्जीवनका लागि अरुले मानवीय सहयोग उपलव्ध गराउन जरुरी बनेको हो ।
डिभिजन वन कार्यालय खोटाङ दिक्तेलमा वनरक्षक पदमा कार्यरत राष्ट्रसेवक कर्मचारी विनोद प्रेसरको समस्याबाट पीडित थिए । एक्कासी प्रेसरले मृगौलामा हानेर दुबै मृगौलाले काम गर्न छाडे पछि समाजको लागि केही गर्ने आकांक्षामा तुषारापात लागे झैँ भएकोछ उनलाई । तर विज्ञानको युग हो, सुविधासम्पन्न अस्पतालमा गएर विज्ञ चिकित्सकको सहयोगमा मृगौँला प्रत्यारोपण गरेरै भए पनि मृत्युलाई जितिरै छाड्ने उनको उत्कट चाहना छ ।
यतिखेर विनोदका घरपरिवार, आफन्त, नातानाला, इष्टमित्र र शुभेच्छुकहरु उनको उपचार खर्च जुटाउने कार्यमा रातदिन नभनी खटिरहेको पारिवारिक श्रोतले जनाएको छ । विनोदलार्ई उपचारका लागि अशोज ९ गते भारत लगिएको आफन्त गंगाबहादुर विकले बताउनुभयो । उहाँले स्पष्ट पार्दै भन्नुभयो–‘नेपालमा उपचार गर्न ३ देखि ५ महिना लाग्ने तर भारतमा अलिक चाडो हुने भएकोले त्यता लगिएको हो । हाल विनोदलाई भारतको पश्चिम वंगालस्थित सिलगुडको Asian Institute of Nephrology & Urology मा भर्ना गरिएको छ ।’
गंगा विकका अनुसार शुरुमा उपचार गर्दा रु.११ लाख डिपोजिट गर्नुपर्ने र त्यस पछि अरु खर्च लाग्ने भएको कारण कम्तिमा रु.२० लाख भन्दा बढी आर्थिक भार व्यहोर्नु पर्ने भएकोले सबैसँग सहयोगको अपिल गरिएको छ ।
सहयोग गर्न चाहने शुभेच्छुकहरुले विनोद गजमेरको राष्ट्रिय वाणिज्य बैकमा रहेको खाता नम्बर-2060100033519010 मा रकम जम्मा गर्न सकिनेछ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !