श्रावण ०६, २०८० , Nepal
हलेसीन्युजडेस्क, खोटाङ /
प्रजातान्त्रिक समाजवादका प्रणेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ४१ औँ स्मृति दिवस आज देश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ । राणकालिन जहाँनिया शासन उन्मुलन गर्नका लागि नेपाली कांग्रेसको स्थापना गर्दै कठोर संघर्ष र क्रान्तिको अगुवाई गरेर देशमा प्रजातन्त्र स्थापना गर्ने नेतृत्वदायी भूमिका खेल्ने कोइरालाको जन्म पिता कृष्णप्रसाद कोइराला तथा माता दिव्या कोइरालाको कोखबाट विक्रम सम्वत १९७१ साल भदौ २४ गते भारतको वनारसमा भएको थियो । उक्त समयमा राणाद्धारा लखेटिएर उहाँका पिता कृष्णप्रसाद कोइराला सपरिवार भारत निर्वासनमा हुनुहुन्थ्यो ।
प्रजातन्त्र स्थापना भएपछि पहिलो पटक भएको २०१५ सालको संसदीय चुनावमा नेपाली कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेसँगै २०१६ साल जेठमा कोइराला पहिलो जननिर्वाचित प्रधानमन्त्री बन्नुभएको थियो ।
जननिर्वाचित प्रधानमन्त्री बनेका कोइरालाले नेपालमा राष्ट्रियता, प्रजातन्त्र र समाजवाद स्थापनाका लागि राजनीतिक नेतृत्व प्रदान गर्दै मुलुकमा १५ वर्ष भित्र प्रजातान्त्रिक समाजवाद लागू गरी सबै नेपालीलाई गाँसवास र कपासको अभावबाट मुक्त गरी छाड्ने संकल्पका साथ उद्घोष गर्नुभएको थियो । तर, जननिर्वाचित सरकारलाई तत्कालिन राजा महेन्द्रले २०१७ साल पुस १ गते अपदस्त गरी निरङ्कुश शासन सुरु गरेपछि कोइरालासहित नेतालाई सिंहदरबारमै बन्दी बनाइएको थियो ।
एक महिनापछि काठमाडौको सुन्दरीजलमा कोइराला लगायत प्रथम सभामुख कृष्णप्रसाद भट्टराई, कांग्रेस नेता गणेशमान सिंह लगायतलाई बन्दी बनाइएको थियो ।
२०२५ सालमा स्वास्थ्य परीक्षणका लागि कारागारमुक्त कोइरालाले आठ वर्षसम्म भारतमा निर्वासित जीवन व्यतित गर्नुभएको थियो । तर विदेशी भूमिमा निर्वासित भएर स्वदेशको प्रजातन्त्र पुनर्स्थापनाका लागि लड्दा राष्ट्रियता कमजोर भएको र अपमान सहनुपरेको विश्लेषण गरी २०३३ साल पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिइ कोइराला स्वदेश फर्किनुभयो । त्यसबेला आठवटा ज्यान मुद्दा लगाइएका वीपीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै सुन्दरीजल बन्दी गृहमा लगिएको थियो ।
२०३६ सालमा राजाद्धारा जनमत संग्रहको घोषणा पश्चात उहाँ क्यान्सरबाट ग्रसित रहेकै अवस्थामा जनताका वीचमा गएर वहुदलका पक्षमा जनमत श्रृजना गर्ने काममा अहोरात्र खटिनुभयो । यध्यपि झिनु मतबाट सुधारिएको पञ्चायती व्यवस्था विजयी भएको घोषणालाई पनि लोकतन्त्रान्त्रिक विधिको मान्यता अनुरुप जनमत संग्रहको परिणाम स्विकार्दै पुनः प्रजातन्त्रको विकल्प नरहेको यथार्थ अनुरुप प्रजातान्त्रिक लडाईलाई जारी नै राख्नुभयो । तर अत्यधिक क्यान्सर रोगको आक्रमणका कारण ६८ वर्षको उमेरमा २०३९ श्रावण ६ गते अर्थात आजकै दिन उहाँले भौतिक देह त्याग्नुभयो, यध्यपि उहाँले प्रतिपादन गरेको राष्ट्रियता, प्रजातन्त्र र समाजवादको जगमा नेपाली कांग्रेसको अगुवाइमा २०४६ सालमा जनआन्दोलन मार्फत पंचायती निरंकुशताको उन्मुलन भएरै छाड्यो ।
नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक समेत रहेका कोइरालाका डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन् । तीन घुम्ती, मोदी आइन, हिटलर र यहुदी, सुम्निमा, नरेन्द्रदाइ, बाबु, आमा र छोरा गरी ६ वटा उपन्यास तथा श्वेत भैरवी र दोषी चश्मा गरी २ वटा कथा सङ्ग्र्रह प्रकाशित छन् । उहाँको आत्मवृत्तान्त र सुन्दरीजल बन्दी गृहमा बस्दाको दैनिकीमा आधारित जेल जर्नल पनि उत्तिकै रुचाइएका पुस्तकहरु हुन् ।
देश र जनताका लागि आजीवन संघर्ष गरेर जीवन समर्पित गर्नुहुने उनै महामानव वीपी कोइरालाप्रति हार्दिक श्रद्धासुमन !
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।