माघ २८, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर माध्यमिक विद्यालय स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा साकेला माध्यमिक विद्यालय रतन्छा प्रथम भएको छ । साकेला गाउँपालिका वडा नं. २ रतन्छास्थित सरस्वती माध्यमिक विद्यालयको व्यवस्थापनमा गत माघ २३ गते मंगलबारदेखि शनिबार सम्म भएको प्रतियोगितामा १० स्वर्ण, पाँच रजत र तीन काँस्य पदक चुम्दै साकेला मावि प्रथम भएको हो ।
पाँच वटा माध्यमिक विद्यालयबीच गराईएको प्रतियोगितामा नौ स्वर्ण पाँच रजत र सात काँस्य पदक जित्दै राधाकृष्ण माध्यमिक विद्यालय बाँझेच्यानडाँडा दोश्रो भएको छ भने सात स्वर्ण, सात रजत र पाँच काँस्य पदक जित्दै सरस्वती माध्यमिक विद्यालय मात्तिमबिर्ता तेश्रो हुन सफल भएको छ ।
त्यस्तै पाँच रजत र पाँच काँस्य पदक जितेर सिद्धेश्वरी मावि खिदिमा चौथो र चार रजत र पाँच काँस्य पदक जितेको बालबालिका मावि मात्तिम पाँचौ भएको छ ।
विभिन्न पदक जित्ने खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ भने प्रथम, द्धितीय र तेश्रो हुने विद्यालयलाई शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिएको गाउँपालिकास्थित शिक्षा शाखा संयोजक कविराज राईले बताउनुभयो ।
प्रतियोगिताको समापन समारोहमा शुभकामना मन्तव्य प्रदान गर्नुहुँदै साकेला गाउँपालिकाका अध्यक्ष रवि प्रकाश राईले खेल क्षेत्रमा लुकेका प्रतिभाहरुलाई उजागर गरि खेलप्रतिको लगावलाई उच्च बनाउन पालिका सरकार लागिरहेको बताउनुभयो । उहाँले गाउँपालिकाभित्र उत्पादन भएका खेलाडीहरुको स्तरवृद्धि हुने प्रकारका गतिविधिलाई निरन्तरता दिदै प्रतिभावान खेलाडीलाई प्रोत्साहनका लागि माथिल्लो निकायमा पुर्याउन गाउँपालिका प्रतिवद्ध भएको घोषणा गर्नुभयो । अध्यक्ष राईले गाउँपालिकाको सर्वाङ्गिण विकास गर्ने क्रममा खेल क्षेत्रले पनि ठूलो योगदान दिने बताउँदै खेल क्षेत्रमा लुकेका प्रतिभाहरुलाई माथि उठाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म चिनाउन आफू प्रतिवद्ध भएको बताउनुभएको छ ।
उहाँले आजका विद्यार्थी नै भोलिको देश विकासको कर्णधार भएकाले उनिहरुको वृत्तिविकासमा अहिलेदेखिनै ध्यान दिनु जरुरी भएको बताउनुभएको छ । साकेलाको मात्र हैन सिङ्गो देशको भविष्य निर्माणका लागि सबै तह र तप्काका नागरिकहरु एक भएर लागे मात्र विकास र समृद्धि हुने कुरामा जोड दिनुभयो ।
गाउँपालिका उपाध्यक्ष बिर्सिका राईले गाउँपालिकालाई समृद्धिको गन्तव्यमा पुर्याउन खेल जगतको उत्तिकै महत्व भएको बताउँदै सँस्थागत रुपमा खेलकुदको विकास गर्न लागि पर्ने कुरामा जोड दिनुभयो ।
साकेला गाउँपालिका सरकारका प्रवक्ता तथा ५ नम्बर वडा अध्यक्ष जीवन खत्रीको सभापतित्वमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागि सबै विद्यालय र खेलाडी विद्यार्थीहरुलाई साकेला माविका प्रअ शिवेन्द्र कुमार राई, गाउँ शिक्षा समिति सदस्य समराज राई, कार्यपालिका सदस्य सर्मिला कटेल लगायतले शुभकामना प्रदान गर्नुभयो ।
प्रतियोगितामा भलिवल, कब्बडी, हाईजम्प, लङजम्प, ट्रपल जम्प, सटफुट, ज्याभलिङ, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, १५ सय मिटर दौड, १०० मिटर रिले दौड र ४०० मिटर रिले दौड छात्र–छात्रा गरि २६ वटा पदकको लागि प्रतिस्पर्धा गराईएको व्यवस्थापनको जिम्मा पाएको विद्यालय सरस्वती माविका प्रअ शितल राईले जानकारी दिनुभयो ।
राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सञ्चालन गराउन सङ्घीय सरकार, खेलकुद मन्त्रालयले शसर्त कार्यक्रम मार्फत एक लाख उपलब्ध गराएको छ भने अपुग रकम गाउँपालिकाले व्यवस्थापन गर्ने जनाईएको छ ।
प्रतियोगिताका स्वर्ण पदक जित्ने खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा सहभागिता जनाउनेछन् । जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको भने टुङ्गो लागेको छैन ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।