कार्तिक ११, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नं.८ धितुङमा महिलाहरुको सिप विकास गरी आय आर्जनमा आत्मनिर्भर बनाउने सोँचबाट तीन महिने ढाका बुनाई तालिम सञ्चालन गरिने भएको छ । ‘निःशुल्क सिप सिकौ, आत्मनिर्भर बनौँ भन्ने मुलनाराका साथ, दिगो आय आर्जनमा महिलाहरुलाई जोड्नका लागि हलेसी तुवाचुङ नगरपालिका –८ धितुङमा तीन महिने ढाका बुनाई तालिम सञ्चालन गरिने भएको हो ।
प्रदेश सरकार, व्यावसायिक तथा सिप विकास तालिम केन्द्र ओखलढुंगा र हलेसी तुवाचुङ नगरपालिका वडा नं ८ धितुङको संयुक्त सहकार्यमा ३ महिने ढाका बुनाई तालिम सञ्चालन गर्न लागेको वडाध्यक्ष टेकराज रार्ईले हलेसी एफएमलाई बताउनुभयो । वडा अध्यक्ष राईका अनुसार महिला दिदी बहिनीहरुलाई आय आर्जनमा आत्मनिर्भर बनाउने उद्देश्यले तीन महिने ढाका बुनाई सम्बन्धि तालिम सञ्चालन गर्न लागिएको हो ।
उहाँ भन्नुहुन्छ—‘हलेसी तुवाचुङ नगरपालिका –८ धितुङका सबै महिलालाई उद्यमी बनाउन जरुरी छ । महिलाहरु सिपयुक्त हुन सकेमा गाउँघरमै बसेर सानो लगानीबाटै घरेलु उद्यम व्यवसाय सञ्चालन गरी आर्थिकोपार्जन गर्न सक्नेछन्, तर यो पटक श्रोत साधानको सिमिततालाई ध्यानमा राखी वडाभरिका प्रतिनिधिमूलक र समावेशी ढंगबाट करिब १० जना महिलाहरुलाई ढाका बुनाई सम्बन्धि ३ महिने तालिम दिने तयारीमा छौँ । यसपछि पनि वडाले यस्ता तालिमहरुलाई निरन्तरता दिनेछ । अझ दलित, जनाजाती, महिला, उत्पिडित, जनआन्दोलनका घाइते तथा शहिदका परिवार र अपाङग महिलाहरुलाई विशेष प्राथमिकतामा राखिनेछ । ’
तालिममा सहभागी हुनका लागि आगामी कार्तिक १४ गते कार्यालय समयभित्र इच्छुक महिलाहरुले आवश्यक कागजात नेपाली नागरिकताको प्रतिलिपि १ थान, पासपोर्ट साइजको फोटो ४ प्रति, उमेर १६ वर्ष पुरा भई ४० वर्ष ननाघेको, शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी १ थान समावेश गरी तोकिएको फारम भरेर वडा कार्यालयमा दाखिला गर्नुपर्ने जनाइएको छ ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।