कार्तिक १०, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
शुभदिपावली एवं छठ पर्वको अवसर पारेर खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका– १५ विजयखर्कमा प्रथम विजयखर्क खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘विजयखर्कको उत्साह, खेलबाट समृद्धिको चाह’ भन्ने मूल नाराका साथमा आगामी कार्तिक १३ गतेदेखि १५ गतेसम्म खुला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिने आयोजक विजयखर्क खेलकुद समितिले जानकारी गराएको छ ।
खुला पुरुष भलिबल प्रतियोगितामा सहभागी खेलाडीहरु खोटाङ जिल्ला भित्रको हुनुपर्ने, व्यवस्थापक र प्रशिक्षक सहित ११ जनाको समूह हुनुपर्ने, यातायात र खाने बस्ने व्यवस्था खेलाडी स्वयंले गर्नुपर्ने, खेलाडीलाइ कुनै चोटपटक लागेमा प्राथमिक उपचार बाहेकको उपचारमा आफै जिम्मेवार हुनुपर्ने, सम्पूर्ण खेलहरु अन्तराष्ट्रिय भलिवल महासंघ एफ आइ भि पीको नियमानुसार खेलाइने, खेलाडीले कुनै किसिमको मादक पदार्थ सेवन गरेको पाइएमा खेलबाट निष्कासन गरिनुका साथै उक्त टिमलाइ प्रतियोगिताबाट हटाइने, प्रतियोगिताको खेल तालिका संसोधन गर्नुपरेमा वा खेलमा कुनै विवाद आएमा रेफ्री र आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
खेलमा सहभागी हुन चहने खेलाडीहरुले रु ३ हजार पाँचसय दर्ता शुल्क बुझाएर टिम दर्ता गराउन सक्नेछन् । भलिबल प्रतियोगीतामा प्रथम, द्वितीय, तृतीय हुने बिजेताहरुलार्ई क्रमश रु. ५१ हजार १ सय ११, रु. ३१ हजार १ सय ११ र रु. २१ हजार १ सय ११ कासाथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
खेलहुने स्थान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ डाडेखर्क खेल मैदानमा सञ्चालन हुने बताइन्छ ।
थप जानकारीका लागि
(सम्पर्क नम्बरहरु—९८४२९०२३७२ / ९८४२९४७४४४ / ९८६७१२२४६६)
हलेसीन्युजडेस्क, खोटाङ / मंसिर २०, शनिवार/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
डिजिटल पालिका निर्माणमा महत्वपूर्ण कदम हलेसीन्युजडेस्क, खोटाङ- मंसिर १८, विहरीवार...
हलेसीन्यूज डेस्क, खोटाङ – मंसिर १८, बिहीबार / खोटाङको साकेला...
हलेसीन्युजडेस्क, खोटाङ / मंसिर १४ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
ग्रामीण महिलालाई उद्यमशिलतामा उन्मुख गराउने लक्ष्य हलेसीन्युजडेस्क, खोटाङ/ मंसिर १३...
भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र खोटाङका प्रमुख चन्द्र किशोर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान