कार्तिक १०, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
शुभदिपावली एवं छठ पर्वको अवसर पारेर खोटाङको दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका– १५ विजयखर्कमा प्रथम विजयखर्क खुला पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । ‘विजयखर्कको उत्साह, खेलबाट समृद्धिको चाह’ भन्ने मूल नाराका साथमा आगामी कार्तिक १३ गतेदेखि १५ गतेसम्म खुला पुरुष भलिबल प्रतियोगिताको आयोजना गरिने आयोजक विजयखर्क खेलकुद समितिले जानकारी गराएको छ ।
खुला पुरुष भलिबल प्रतियोगितामा सहभागी खेलाडीहरु खोटाङ जिल्ला भित्रको हुनुपर्ने, व्यवस्थापक र प्रशिक्षक सहित ११ जनाको समूह हुनुपर्ने, यातायात र खाने बस्ने व्यवस्था खेलाडी स्वयंले गर्नुपर्ने, खेलाडीलाइ कुनै चोटपटक लागेमा प्राथमिक उपचार बाहेकको उपचारमा आफै जिम्मेवार हुनुपर्ने, सम्पूर्ण खेलहरु अन्तराष्ट्रिय भलिवल महासंघ एफ आइ भि पीको नियमानुसार खेलाइने, खेलाडीले कुनै किसिमको मादक पदार्थ सेवन गरेको पाइएमा खेलबाट निष्कासन गरिनुका साथै उक्त टिमलाइ प्रतियोगिताबाट हटाइने, प्रतियोगिताको खेल तालिका संसोधन गर्नुपरेमा वा खेलमा कुनै विवाद आएमा रेफ्री र आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।
खेलमा सहभागी हुन चहने खेलाडीहरुले रु ३ हजार पाँचसय दर्ता शुल्क बुझाएर टिम दर्ता गराउन सक्नेछन् । भलिबल प्रतियोगीतामा प्रथम, द्वितीय, तृतीय हुने बिजेताहरुलार्ई क्रमश रु. ५१ हजार १ सय ११, रु. ३१ हजार १ सय ११ र रु. २१ हजार १ सय ११ कासाथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।
खेलहुने स्थान दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ डाडेखर्क खेल मैदानमा सञ्चालन हुने बताइन्छ ।
थप जानकारीका लागि
(सम्पर्क नम्बरहरु—९८४२९०२३७२ / ९८४२९४७४४४ / ९८६७१२२४६६)
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।