कार्तिक २४, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको रावाबेसी गाउँपालिका वडा नम्बर ५ दुबेकोल स्थित स्थानीय वीरबहादुर गुरुङको फुसको छानो भएको दुर्ई वटा घर जलेर नष्ट भएको छ । आज अपरान्ह २ वजे आसपास आगलागीबाट गुरुङको घर र त्यहाँ भएको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन लगायतका अन्य सामग्री जलेर नष्ट भएको हो ।
मानव बसोबास नभएकाले जनको क्षति नभएको जिल्ला प्रहरी कार्यलय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले बताउनु भएको छ ।
आज अपरान्ह २ बजेतिर अचानक गुरुङको घरमा आगलागी भएपछि छिमेकीहरुले चाल पाएर घटनास्थलमा पुगी आगो निभाउने प्रयास गरेपनि आगलागीबाट दुवैघर जोगाउन नसकिएको र आगलागी कसरी भयो भन्ने एकिन थाहा नभएको रावाबेसी गाउँपालिका ५ दुबेकोलका वडाध्यक्ष मोहन गुरुङले बताउनु भयो ।
घर पुर्ण रुपमा जलेर नष्ट भइसकेपछि लामो प्रयासबाट स्थानीय र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको अध्यक्ष गुरुङले बताउनुभयो ।
वीरबहादुर गुरुङको ३ वटा घर मध्ये मूल घरमा टिनको छानो भएका कारण उक्त घर मात्र जोगाउन सकिएको छ । आगोलागी बाट के कति क्षति भयो विवरण संकलन गरे पछि थाहा हुने प्रहरी श्रोतले जनाएको छ ।
यो वर्ष सुख्खा खडेरी शुरु हुनु अगावै जिल्लामा छिटपुट आगजनीको घटना भैरहेकोमा चिन्ताको विषय बनेको प्रहरी नायव उपरिक्षक विष्टको कथन छ । उहाँ भन्नुहुन्छ —‘यस तर्फ स्थानीय सरकार, सरोकार वाला पक्ष लगायत जिल्लाका आम नागरिकहरुले सचेतनामूलक गतिविधि बढाउनु जरुरी छ ।’
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।