मंसिर २३, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
कोशी प्रदेशको समग्र पर्यटन विकासका लागि पदमार्गको पहिचान सहित विकास गरिने भएको छ । मंसिर २३ गते प्रदेश राजधानी विराटनगरमा प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डलको अध्यक्षता तथा मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको एक कार्यक्रममा कोशी प्रदेश सरकारद्धारा पदमार्गमा आधारित पर्यटन विकासका लागि स्वीस सरकार विकास परियोजनाको सहयोग जुटाउने सम्बन्धमा स्वीस दुतावाससँग सम्झौता भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले हलेसी एफएमलाई जानकारी गराउनुभयो ।
कोशी प्रदेशका जनताले नवीन तथा दीगो पर्यटनका माध्यमबाट आर्थिक उपार्जनमा वृद्धि गर्दै आफ्नो सँस्कार सँस्कृतिको संरक्षण तथा पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले स्वीस सरकार विकास सहयोग परियोजना अन्तरगत रु.२ अर्ब ४५ करोड लागतमा चार वर्षभित्र चार वटा पदमार्ग निर्माण गरिने लक्ष्यका साथ उक्त परियोजना सञ्चालनका लागि कोशी प्रदेश सरकार र स्वीस दूतावासबीच सम्झौता भएको हो ।
यस अगाडि संघीय सरकार र स्विटजर्लैण्ड सरकारवीच पदमार्गमा आधारित विकास परियोजना २०८१ बैशाख २७ गते सम्झैता भै कार्यान्वयनका क्रममा कोशी प्रदेश अन्तर्गत ४ पदमार्गको निर्माण तथा विकास गर्ने गरी प्रदेश सरकारसँग सम्झौता भएको हो। परियोजनाको सम्पूर्ण काम २०८५ श्रावण १६ सम्ममा सम्पन्न गरिसक्नुपर्ने सम्झैतामा उल्लेख छ ।
परियोजना अन्तरगत चियाबारी पदमार्ग (इलाम–फिक्कल–श्रीअन्तु), फाल्गुनन्द पदमार्ग (फिदिम–छिन्ताप्पु–सन्दकपुर–माइपोखरी–इलाम), लालिगुरास पदमार्ग (लुम्लिङटार–खाँदबारी–नुम–गुफाफोखरी–बसन्तपुर–जलजले–तीनजुरे मिल्के), मुन्दुम पदमार्ग (तावाभन्ज्याङ–टेम्केडाँडा–हासपोखरी–साल्पा पोखरी–सिलिचुङ चुली) पदमार्ग निर्माण हुनेछ ।
चारवटा पदमार्ग २९ वटा पालिकामा निर्माण हुनेछ । चार वटा पदमार्ग ४०० किलोमिटरको हुनेछ । परियोजनाको लागि स्वीस सरकारले १ अर्ब ३५ करोड १५ लाख लगानी गर्नेछ । संघ सरकारले रु.१९ करोड ९२ लाख, कोशी प्रदेश सरकारले रु.४५ करोड ८७ लाख र २९ वटा स्थानीय तहले रु.४४ करोड ६७ लाख लगानी गर्नेछन् ।
परियोजनाको सफलतासँगै ७८ हजार आन्तरिक तथा विदेशी पर्यटकहरुको प्रदेश भ्रमणमा आउने अपेक्षा गरिएको छ । परियोजनाबाट १ लाख स्थानीयले प्रत्यक्ष रूपमा लाभ लिनेछन् भने अप्रत्यक्ष रुपमा ५० हजार जनसंख्या लाभाव्वित हुने आँकलन गरिएको छ ।
पदमार्गको निर्माण तथा पुनः निर्माण क्रममा ४ लाख दिन बराबरको श्रम रोजगारी सिर्जना गर्ने बताइएको छ । एक हजार जनालाई पर्यटन सम्बन्धी सीप विकासका लागि तालिम दिइनेछ ।
पदमार्गमा होमस्टे, लज, र अन्य आतिथ्य सेवाको विकास गर्ने लक्ष्य रहेको बताइएको छ । चार वर्षको अवधिमा आन्तरिक तथा वाह्य गरि ७८ हजार पर्यटकले पदमार्ग क्षेत्र भ्रमण गर्ने अनुमान गरिएको छ । परियोजना समपन्न भएसँगै २ हजार जनाले निरन्तर रोजगारी प्राप्त गर्ने अपेक्षा गरिएको छ । नयाँ रोजगारी सिर्जना अपेक्षा गरिएको छ ।
मुख्यमन्त्री कार्कीले परियोजना सम्झौताकै क्रममा २०८२ साललाई पर्यटन वर्ष घोषणा गरेको बताउँदै पदमार्गले पर्यटन वर्ष मनाउन थप सघाउ पुग्नेमा वकालत गर्नुभयो । उहाँले भन्नुभयो—‘नेपालमा छिमेकी देशका १ प्रतिशतलाई आकर्षित गर्न सके १० वर्षमा धेरै परिवर्तन गर्न सकिनेछ ।’ नकारात्मक विरोधलाई रोकेर पर्यटन क्षेत्रलाई धेरै माथि लैजान सकिने उहाँले भन्नुभयो ।
कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, स्विस राजदुत तथा स्विस विकास नियोगका प्रतिनिधिहरु, प्रदेश योजना आयोगका उपाध्यक्ष डा.राजेन्द्र अधिकारी, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव शंकर नेपाल, पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव विशाल घिमिरे, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई, केपिलासगढी गाउँपालिकाका उपाध्यक्ष गुरुराज राई लगायतको उपस्थिति रहेको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !