मंसिर १६, २०८१ , Khotang
लैङ्गिक हिंसा विरुद्ध सचेतना फैलिँदा लैङ्गिक हिंसामा कमि आएको संविधानसभा सदस्य दुर्गाजयन्ती राईको भनाई
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लामा “लैंङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान’’ अन्तर्गत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा लैंङ्गिक हिंसा नियन्त्रणका लागि काम गर्ने सरकारी तथा गैरसरकारी निकायहरु, राजनैतिक दल, युवा विध्यार्थीहरु एवं नागरिक समाजसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ । ‘‘हामी सबैको प्रतिबद्धताःलैंङ्गिक हिंसा अन्त्यका लागि ऐक्यवद्धता’’ भन्ने मूलनाराका साथ आज ७औँ दिन दिक्तेल रुपाकोट मझुवाढी नगरपालिकामा अन्तरक्रिया कार्यक्रम गरिएको महिला नेतृ एवं संविधान सभा सदस्य दुर्गाजयन्ती राईले हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ ।
संविधानसभा सदस्य राईले लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई लैङ्गिकतामा आधारित हिंसा मानिन्छ । स्रोत, साधन, अवसर, जिम्मेवारी तथा हक, अधिकारको असमान वितरण, बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता लिङ्गको आधारमा हुने हिंसाहरू यस अन्तर्गत पर्ने संविधानसभा सदस्य रार्ईको कथन छ । उहाँले खोटाङमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई प्रभावकारी ढंगबाट सञ्चालन गरिरहेको बताउनुभयो । यस्ता अभियान गोष्ठी र सचेतनामूलक कार्यक्रमहरुका कारण लैङ्गिक आधारमा हिंसा गर्नुहुन्न भन्ने शन्देस गैरहेको र महिला हिंसामा न्युनिकरण आएको उहाँले बताउनुभयो ।
जिल्लाका विभिन्न स्थानहरुमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सञ्चालन भैरहेको थाहा भएको छ । नोभेम्वर २५ तारिख (मंसिर १० गते) देखि डिसेम्वर १० (मंसिर २५ गते) सम्म सञ्चालन गरिने अभियान अन्तगर्त पहिलो दिन सदरमुकाम दिक्तेलवजारमा प्रभातफेरि तथा कोणसभा गरी प्रचारात्मक कार्यक्रम सम्पन्न गरिएको, दोश्रो दिन वडा नं. १ आचार्यगाउँको बसपार्कमा घरेलु हिंसाको बारेमा समुदायमा सचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको थियो । त्यसैगरी तेश्रो दिन वडा नं. २ स्थित सिद्धेश्वरी आधारभूत विध्यालयमा महिला र वालवालिकामाथि हुने हिंसाका सम्बन्धमा विध्यार्थी र त्यहाँको समुदायहरुका वीच अन्तकृया गरिएको थियो भने चौथो दिन वडा नं. १५ विजयखर्कमा वालविवाहका सम्बन्धमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको थियो ।
यस्तै १४ गते वडा नं. १० पाथेकाको वडा कार्यालयमा वहुविवाह सम्बन्धि कानूनी अवस्था के छ भन्ने सम्बन्धमा समुदायका अगुवाहरु, स्थानीय जनप्रतिनिधिहरु, विध्यालयका किशोरी समूह र वाल ल्कवका १०/१० जना विध्यार्थीहरु सहभागी गराई अन्तरकृयात्मक कार्यक्रम सम्पन्न गरिएको जनाइएको छ । यस्तै मंसिर १६ गते अभियानको सातौँ दिनमा दिक्तेल रुपाकोट मझुवाढी नगरपालिकामा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।
विभिन्न सिर्जनात्मक र सचेतनामूलक कार्यक्रम मार्फत लैङ्गिकहिंसा विरुद्ध १६ दिने अभियान आगामी मंसिर २५ गतेसम्म निरन्तर राखिने जनाइएको छ ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।