चैत्र २८, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका अग्निपीडित परिवारलाई खाध्यान्न तथा राहत सामाग्री उपलव्ध गराइएको छ । खार्मीस्थत गैरीखानीका भुपेन्द्र विकको घरमा मंगलवार विहान ६ः३० बजे विद्युत सर्ट भएर घरमा आगलागी भै क्षति पुग्न गएको हुँदा अग्निपीडित परिवारलाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङबाट खाध्यान्न र राहत सामाग्रीहरु उपलव्ध गराइएको हो ।
विद्युत सर्ट भई आगलागी हुँदा विकको ढुंगामाटोको गारो र खरको छानो भएको एक तल्ले घर, घरभित्रका भाडावर्तन, अन्नपात, लत्ताकपडा, ४० वाटको सोलर पाता, कुखुरालार्ई दाना पानी दिने भाडा ६ सेट र नगद रु. १० हजार जलेर नष्ट भएको थियो । खेति किसान गरेर आफ्नो जिविका चलाउने विकको घर जल्दा रु.चार लाख ५० हजारको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले बताएको छ ।
आगलागीका कारण आश्रय विहिन हुनपुगेको विक परिवारलार्ई तत्काल नगरप्रमुख तीर्थराज भट्टराई तथा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति ज्ञानेन्द्र जोशी आजै (बुधवार) विहान घटना स्थलमा पुगेर राहत उपलव्ध गराउनु भएको थाहा भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट राहत स्वरुप स्टिम चामल २ बोरा, मुसुरी दाल २ केजि, कालो दाल २ केजि, आयोडिन नुन २ केजि, तेल १ कार्टुन उपलव्ध गरिएको नगर प्रमुख तीर्थराज भट्टरार्ईले जानकारी दिनुभयो ।
यस्तै नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा खोटाङबाट पनि गैर खाध्य सामाग्रीहरु प्रदान गरिएको छ । रेडक्रसबाट त्रिपाल १ वटा, कम्बल २ वटा, भाँडा १ सेट, प्रिन्ट कपडा १ सेट, सादा कपडा १ सेट, सारी २ सेट, सुटिङ कपडा १, डोरी १ मुठा, बोरा १ वटा, बाल्टिन १ वटा उपलव्ध गराईएको नेपाल रेडक्रस शाखाका सभापति ज्ञानेन्द्र जोसीले जानकारी दिनु भएको छ ।
सबै मिलेर यो दैवी विपदको घडीमा अग्निपीडित परिवारलाई सकेको स्थानीयवासी मिलेर सहयोग गर्ने वडाध्यक्ष ईखबहादुर राईले बताउनुभयो ।
[ यो पनि-खोटाङको विभिन्न स्थानमा आगलागीबाट क्षति }
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !