पौष १२, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङवासीले यो हप्ता लगातार केही दुःखद र अकल्पनीय घटनाहरु व्यहोर्नुपर्यो । ती घटनाहरुले खोटाङेको मानसिक र सामाजिक मनोदशालाई नराम्ररी तरंगित गराएको छ । यस्ता घटना नदोहोर्याउन फेरि पनि जिम्मेवार निकाय, व्यक्ति र तहले संवेदनशिल बनेर सोच्न बाध्य बन्नु परेको छ ।
खवर १-आफ्नै बाबु र भाइको नृशंस हत्या
खोटाङको सदरमुकाम दिक्तेलस्थित जिल्ला हुलाक कार्यालयमा कार्यरत निमित्त कार्यालय प्रमुख कुलप्रसाद आचार्य तथा उनका कान्छो छोरा प्रवीण आचार्यको नृशंस हत्याको घटनाले यो हप्ताका सञ्चार माध्यममा खैलावैला मच्चिएको छ । कुलप्रसादको जेठा छोरा मिलन आचार्यको हातबाट आफ्नै बाबु तथा कान्छा भाईको नृशंस हत्या भएको खवरले खोटाङेमात्र होइन समग्र नेपालीहरुको मन छिया छिया बनेको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडानं. १ स्थित आचार्य परिवारका दुई छोराहरु मिलन र प्रवीण भक्तपुरको सुर्यबिनायक नगरपालिका–२ बालकोटस्थित डेरा लिएर अध्ययन गरिरहेका बताइन्छ ।
केही काम लिएर काठमाण्डौँ आई छोराहरुकै डेरामा बसेका ५६ वर्षीय कुलप्रसाद र उनका कान्छा छोरा २२ वर्षीय प्रविण यो हप्ताको पौष ८ गते सोमवार डेराको कोठामा मृत फेला पर्नुभएको थियो । सँगै सुतेको २५ वर्षीय जेठो छोरा मिलन सम्पर्क विहीन रहेको हुँदा खोज अनुसन्धानको क्रममा उनी स्वयं काठमाण्डौ महाराजगन्जस्थित प्रहरी वृत्तमा पुगेर आत्म सर्मपण गर्दै घटनाको जिम्मा लिएको थाहा भयो ।
आमा, बाबु, भाई, बहिनीलाई अत्यन्त माया गर्ने छोरोबाट कसरी यस्तो घटना घट्न सक्छ भनेर आमा रेजिना आचार्यले दुखद आश्चर्य व्यक्त गरिरहेको पनि सामाजिक सन्जालमा पढ्न सकिन्छ ।
जे होस यो हप्ताको अत्यन्त दर्दानक र क्रुर घटनाका रुपमा यो खवरलाई लिइएको छ ।
खवर २ -सुमो दुर्घटनामा एक वृद्धको ज्यान गयो
खोटाङको केपिलासगढी गाउँपालिका वडा नं. ३ बाँसपानीस्थित तापखोला नजिक राँटीमा फेदीतर्फ जाँदै गरेको ना १ ज ७१८१ नम्बरको सुमो पौष १० गते बुधबार अपरान्ह ३ बजे दुर्घट्ना हुँदा गाडीमा सवार ७३ वर्षीय दुर्गाप्रसाद राई गम्भिर घाइते बनेपछि उनको दिक्तेल अस्पतालमा उपचार हुँदा हुँदै निधन भएको छ ।
केपिलासगढी गाउँपालिका–१ फेदीका ७३ वर्षीय दुर्गा प्रसाद राई काठमाण्डौँबाट सोही गाडीमा चढेर घर फर्किरहेका थिए ।
केहीदिन काठमाण्डौँमा रहेर आफ्नो गाउँमा पुग्ने उत्कट चाहनाका साथ फर्किरहेका दुर्गाप्रसाद गाउँ पुग्ने वेलामै गाडी दुर्घटनामा परी आफ्नो घरआँगनीमा परिवारका सदस्यहरुसँग रमाउँदै पर्देशका रमाइला कहानी सुनाउने धोकोबाट सदाका लागि बन्चित हुन पुगेको यो खवर पनि जिल्लावासीका लागि यो हप्ताको अत्यन्त दुखद घटना बन्न पुग्यो ।
खवर ३-कलकलाउँदो उमेरमै अनिशले आफैले गलपासो लगाएर गरे आत्महत्या
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. ५ लफ्याङ तिल्केनी का एक किशोरले आफैले घाँटीमा डोरीको पासो लगाएर आत्महत्या गरेका छन् । श्रीमावि बाँसवोटेमा कक्षा १२ मा अध्ययनरतः १७ वर्षीय अनिश (मनिस) राईले पौष ११ गते राती नाम्लो बरियोको डोरीले गलापासो लगाएर घरनजिक आत्महत्या गरेको स्थानीयले बताएकाछन् ।
अनिसको पिताको देहान्त भैसकेको र आमाले दोश्रो विवाह गरेर अन्यत्र गैसकेको हुँदा आज विहान मावलीहरु तथा स्थानीय जनप्रतिनिधि, छिमेकीहरुको रोहवरमा घटना प्रकृति मुचुल्का गरेर दिक्तेल अस्पतालमा शव पोष्टमार्टमका लगिएको प्रहरी श्रोतले बताएको छ ।
घटनाबाट मर्माहत बनेका स्थानीय युवा सञ्जयकुमार राई सामाजिक सञ्जालमा लेख्नुहुन्छ—‘हामी जस्ता सामाजिक नेतृत्वले, विध्यालयले बच्चाहरुलाई जीवनको महत्व किन सिकाउन सकिरहेका छैनौँ ?’
हलेसीन्युजडेस्क, खोटाङ / भाद्र १६ / खोटाङको केपिलासगढी गाउँपालिका, वडा...
हलेसीन्युजडेस्क, खोटाङ/ भाद्र १६/ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र त्रिभुवन...
हलेसीन्युजडेस्क, खोटाङ भाद्र १५ / खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–७ टेम्मा,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङस्थित भूमि समस्या समाधान आयोगमा नेपाली काँग्रेस...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको जन्तेढुंगा गाउँपालिकाले आफ्नो पलिकामा स्थायी घर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान