चैत्र ०२, २०७९ , Biratnagar
हलेसीन्युजडेस्क, खोटाङ /
कवि ज्योति जङ्गलद्वारा लिखित ‘आधा शिर उचालेर’ कवितासङ्ग्रहमाथि विमर्श गरिएको छ । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरले बिहीबार विराटनगरस्थित आरोहण गुरुकुलमा आयोजना गरेको विमर्श कार्यक्रममा कवि साहित्यकारहरुले कवितासङ्ग्रहमाथि आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।
कार्यक्रममा वरिष्ठ साहित्यकार प्राज्ञ दधिराज सुवेदी, प्राज्ञ विवश पोखरेल, पत्रकार अनन्तराज न्यौपाने, कवि शुभलक्ष्मी लम्सालले कवितासङ्ग्रह पठनीय भएको बताउनुभएको थियो । कवि रमेश सायनले सहजिकरण गर्नुभएकोे कार्यक्रममा समालोचकसमेत रहेका सुवेदीले नारी संवेदनामा आधारित स्नेहयात्मक विद्रोही भएर कविता रचना गरेकाले जीवन, समाज र प्रकृतिलाई सुन्दर रुपमा प्रस्तुत गरेको उल्लेख गर्नुभयो । प्राज्ञ विवश पोखरेलले सङ्ग्रहमा ग्रामिण जनजीवनका भाव र विम्बलाई कलात्मक रुपमा प्रस्तुत गरिएको बताउनुभयो । कवि शुभलक्ष्मी लम्सालले सङ्ग्रहमा नारी विद्रोहलाई सुन्दर रुपमा प्रस्तुत गरिएको उल्लेख गर्नुभयो । पत्रकार न्यौपानेले नयाँ विम्ब र प्रतिकको प्रयोगले कवितासङ्ग्रह सुन्दर भएको दाबी गर्नुभयो ।
कवि रमेशचन्द्र अधिकारीले सञ्चालन गर्नुभएको कार्यक्रममा कवि राधिका गुरागाईं, सविता गौतम दाहाल, दीपक शम्चु र दीपा दाहालले सङ्ग्रहभित्रका कविता वाचन गर्नुभएके थियो । कवि जङ्गलले पुरुषको तुलनामा महिलाहरु अहिले पनि स्वतन्त्र नभएकाले यो कवितासङ्ग्रहको आधा शिर उचालेर नाम राखिएको प्रस्ट पार्नुभयो । उहाँले सङ्ग्रहबाट कवितासमेत वाचन गर्नुभयो । सङ्ग्रहमा विभिन्न विषयवस्तुलाई आधार मानेर लेखेका ३४ वटा कविताहरु संग्रहित छन् ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।