चैत्र २२, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङ सेवा समाज यूकेको आयोजनामा खोटाङ जिल्लाका सम्पूर्ण पालिकालाई लक्षित गरी चैत्र १६ गते देखि सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविर अन्तिम चरणमा आइपुगेको आयोजकले जानकारी गराएको छ ।
स्वास्थ्य शिविरका संयोजक प्रसाद कुमार राईले अभियानलाई सार्थक तुल्याउन अहम भुमिका निर्वाह गर्नुहुने सम्पूर्ण स्थानीय निकायका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृतहरु, स्वास्थ्य संयोजकहरु, चिकित्सक तथा सम्पूर्ण स्वास्थ्यकर्मीहरु, स्वयंसेवकहरु सबैप्रति आफ्नो सामाजिक सञ्जालमार्फत बुधवार आभार तथा धन्यवाद प्रकट गर्नुभएको छ ।
उहाँले भन्नुभएको छ –‘अभियानमा मेडिकल डाइरेक्टर आदरणीय डा एन्जल मगर, प्राविधिक संयोजकको भुमिका निर्वाह गरिरहनु भएका Med Tech नेटवर्क प्रा.लि.का अध्यक्ष मिलन चन्द्र खनाल, ब्रिटिश जर्नल अफ क्लिनिकल मेडिसिनका Managing Editor डा. प्रज्वला योगी, Deputy Managing Editor डा. सरोज जि. सी. तथा उहाँहरुसँग निरन्तर शैक्षिक क्षेत्रमा आबद्ध सम्पूर्ण युवा अनुसन्धानकर्मी चिकित्सकहरू यस शिविरमा प्रत्यक्ष संलग्न हुनु भएको व्यहोरा अवगत नै छ । यो महान् अभियानमा प्राविधिक समूहको तर्फबाट स्वास्थ्य सेवा प्रदान गर्नुका साथै खोटाङ्वासी समुदायको वास्तविक स्वास्थ्य समस्यालाई वैज्ञानिक विधि मार्फत तथ्यांकमा आधारित म्यापिङ [Mapping} गर्ने कार्य निरन्तर चलिरहेको छ । जिल्लाभरी कै जनसमुदायको प्रत्यक्ष सहभागिता गराई स्वास्थ्य शिविरका लागि म्यापिङ् गरिएको संभवत यो पहिलो ठूलो स्वास्थ्य शिविर हो । यो शिविर केवल स्वास्थ्य परीक्षणका लागि मात्र सीमित नभई समग्र जिल्लाको स्वास्थ्य अवस्थालाई आकलन गर्न सक्ने, उपलब्ध तथ्याङ्कको आधारमा भावी नीति, रणनीति तथा दिर्घकालिन र अल्पकालीन योजना तर्जुमा गर्न सहयोग साबित हुने एउटा सन्दर्भ सामग्रीको रूपमा प्रयोग गर्न मिल्ने गरी प्रतिवेदन समेत तयार गरिने ब्यहोरा अवगत गराउँदछु । ’
उहाँले यो अभियानमा संलग्न जनशक्तिले मिहिनेत पूर्वक अनुसन्धान गरी तयार गरिने प्रतिवेदन केवल खोटाङ जिल्लालाई मात्र नभई समग्र देशका लागि नमूना बन्ने भएकोले सम्पूर्ण पालिकहरुलाई हस्तान्तरण गरिने बताउनुभएको छ ।
त्यसैगरी स्वास्थ्य शिविरलाई साथ दिनुहुने देशका विभिन्न अस्पतालमा कार्यरत चिकित्सकहरु, लमजुङबाट आउनुभएका विशेषज्ञ डा शिवराम श्रीमल, चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका सहायक डीन डा पवन कुमार हमाल, सह प्राध्यापक डा कबीर थकाली, अर्थोपेडिक सर्जन डा सुलभ श्रेष्ठ एवम् खोटाङ कलाकार समाजका अध्यक्ष रूपकुमार राई, सल्लाहकार महेश खड्का, रोशन राई, मेनुका राई, अनिल कोयी लगायत सबैप्रति उहाँले धन्यवाद प्रकट गर्नुभएको छ ।
शिविरमा हालसम्म हलेसी एफएम न्युजडेस्कलाई प्राप्त जानकारी अनुसार साकेला गाउँपालिकामा ५१२, जन्तेढुंगा गाउँपालिकामा ४९९, रावावेशी गाउँपालिकामा ५६०, खोटेहाङ गाउँपालिकामा ७०३, दिप्रुङचुइचुम्मा गाउँपालिकामा ७११, बराहापोखरी गाउँपालिकामा ३७४ र ऐसेलुखर्क गाउँपालिकामा ७१५ जना सेवाग्राहीहरुले स्वास्थ्य सेवा प्राप्त गर्नुभएको जनाइएको छ । चैत्र २२ गते केपिलास गढी गाउपालिकामा भएको पहिलो दिनको शिविरमा ३१२ जनाको स्वास्थ्य परिक्षण तथा स्वास्थोपचार भएको अभियानका सदस्य अनिल कोयीले बताउनुभयो । आज दोश्रो दिन पनि त्यहाँ शिविर सञ्चालन हुनेछ । चैत्र २२ र २३ गते दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका वडा नं. १४ वुइपामा अन्तिम स्वास्थ्य शिविर हुने आयोजकले जनाएको छ ।
यो पटक शिविरको अन्तिम चरणसम्म खोटाङका पाँचहजार वढी सेवाग्राहीहरुले स्वास्थ्य सेवा प्राप्त गर्ने आयोजकको भनाई छ ।
[योसँग सम्बन्धित-खोटाङमा निःशुल्क स्वास्थ्य शिविरको आज दोश्रो दिनः बच्चादेखि वृद्धसम्मले लिए स्वास्थ्य सेवा
‘खोटाङ–युके स्वास्थ्य शिविर–2024’ आगामी चैत्र १६ देखि २४ सम्म सञ्चालन हुने }
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।