जेठ ०९, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
जिल्ला प्रहरी कार्यालय खोटाङले Awareness Trip to police Station नामक कार्यक्रमको शुरुवात गरेको छ । सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जेष्ठ ८ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपलिका–१ दिक्तेल स्थित सरस्वती माध्यामिक विद्यालय दिक्तेलका कक्षा १० मा अध्ययनरतः ३५ जना छात्र छात्राहरुलाई जिल्ला प्रहरी कार्यालयका विभिन्न शाखाहरुको भ्रमण गराई उक्त शाखाहरुले गर्ने कार्यसम्पादनको बारेमा प्रहरी अधिकृतहरुले व्रिफिङ् गर्नुको साथै “साइबर अपराध, लागूऔषध दुर्व्यसनी र विभिन्न किसिममा अपराधहरुबाट बच्न अपनाउनु पर्ने सुरक्षात्मक उपायहरुको” प्रशिक्षण दिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तम खड्काले हलेसी एफ एमलार्ई जानकारी दिनु भएको छ ।
प्रनाउ खड्काले ‘समुदाय प्रहरी साझेदारी’ कार्यक्रमसँगै प्रहरीले Awareness Trip to police Station नामक कार्यक्रमको शुरुवात भएको बताउनुभयो । कार्यक्रमको उद्देश्य प्रहरी र विद्यार्थीबीच सुमधुर सम्बन्धको अभिवृद्धि गराउनुको साथै जीवनोपयोगी सिकाइको समेत अभिवृद्धि रहने उहाँको कथन रहेको छ । उक्त अभियान अन्तर्गत खोटाङ जिल्लामा अपराध रोकथाम, शान्ति सुरक्षा तथा सचेतना जगाउन स्थानीय तह, सामुदायिक संस्था तथा विद्यालयसँगको साझेदारीमा विद्यालय तथा समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको प्रहरी नायव उपरिक्षक खड्काले बताउनु भयो ।
विकास र सुरक्षाको अन्तरनिर्भरता, विद्यमान परिस्थिति र भावी कार्यदिशालाई सम्बोधन गर्दै अपराध रोकथाम गरी समाजमा शान्ति, सुरक्षाका साथै समुदायलाई लक्षित गरी “साइबर अपराध, लागूऔषध दुर्व्यसनी, बालविवाह, दाइजो, सामाजिक अपराध सम्बन्धि घटना रोक्न प्रहरीले गाउँगाउँमा सचेतनामूलक र अमनचयनका लागि Awareness Trip to police Station नामक कार्यक्रम फलदायी हुने जिल्ला प्रहरी कार्यालय खोटाङको विश्वास रहेको प्रहरी निरिक्षक बेनु कार्की बताउनुहुन्छ । उहाँका अनुसार यो कार्यक्रम खोटाङमा पहिलो चोटि शुरुवात भएको होे ।
सरस्वती माध्यामिक विद्यालयमा कक्षा १० मा अध्ययनरतः ३५ जना छात्र छात्राहरुलाइ यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक पुरुषोत्तम खड्का, प्रहरी निरिक्षक बेनु कार्की र प्रहरी सहायक निरिक्षक मनिष यादवद्धारा प्रशिक्षण दिएर कार्यक्रम सुसम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
Awareness Trip to police Station का केही झलकहरु
[ यो पनि--सरस्वती मावि दिक्तेलमा ‘लागू औषध रोकथाम तथा न्युनिकरण’ सम्बन्धि सचेतनामूलक कार्यक्रम गरियो }
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !