कार्तिक १५, २०८१ , Khotang
—————तीर्थराज भट्टराई
जेठो छोरा अध्ययन अहिले नोबेल कलेज, नयाँ बानेश्वर, काठमाडौमा चित्रकलाको विद्यार्थी हुन् । सिमित कलेजमा मात्रै पढाई हुँदो रहेछ चित्रकला विषयको । मेरा अनन्य मित्र सोल्मा, दिक्तेल निवासी राजकुमार आचार्यले उक्त कलेजको व्यवस्थापन हेर्नुहुन्छ । उहाँको सदासयता र मेरो सानिध्यताले मात्रै नोबेल कलेजको विद्यार्थी भए अध्ययन । सामुदायिक विद्यालय स.मा.वि., दिक्तेलमा एक वर्ष र त्यसपछि काठमाडौ, महाराजगञ्ज स्थित शिवपुरी मा. वि. बाट यस वर्ष एसईई उतिर्ण गरे ।
पढाई न अब्बल दर्जाकाे, न न्युन छ, सरदर मध्यम स्तरको । अहिलेको यो टपरटैय्याँ जमानामा मेरो ठम्याईमा सोझो र इमान्दार छन् उनी । ईमान र जमान अनुसार नै अघि बढे पक्कै पनि हुनेछन् सफल पनि । तिहारसम्म कलेज विदा भएकोले दशै लगत्तै उनी जन्मथलो आएका थिए दोर्पा । उनी जहाँ भएपनि दोर्पाप्रति माया, मोह र अपनत्वको कुरा गरिरहन्छन् । काका काकी पर्शुराम, कल्पना तथा दाजु बहिनी पिकेश र प्रेशिकाको औधि स्मरण गर्छन् । तुलनात्मक रूपमा कान्छो छोरा अनुसन्धानको भने दिदी प्रेशिका प्रति ज्यादा झुकाव देखिन्छ । हजुरआमा पद्मकुमारीप्रति भने दुबै छोराको सधै सम्मानभाव रहन्छ । ३ गते कार्तिक दिक्तेलबाट अध्ययन बहिनी प्रेशिका सगै गएका थिए दोर्पा । मसग खासै सम्पर्क थिएन दोर्पा गएपछि। उनले दुई– तीन पटक फोन त गरेका थिए तर व्यस्त भएको कारण उठाउन पाएको थिइनँ मैले । घर गएको छन्, परिवारसँग बसेकै छन् भनेर मैले गरिनँ त्यति वास्ता पनि । तर त्यहीँ वीचमा उनी भएछन् अस्वस्थ ।
दोर्पा गएको २÷३ दिनपछि टाउको दुखेको कारण स्वास्थ चौकी चिउरीडाँडामा गएर उनले लिएछन् औषधि पनि । आमा र बुहारी कल्पनाको भनाइ अनुसार ३÷४ दिनदेखि खाना खाएको रहेनछ राम्री । खाना त खाने तर सधैँ झै तथा उमेर अनुसार खाए छन् विल्कुलै कम । काम नपरेकोले मैले घर पनि फोन गरेको थिइनँ । मलाई पनि घरबाट फोन गर्नुभएको थिएन कसैले । अचेलका केटाकेटी मोवाईल भएपछि खाना पनि नखाने र परिवार पनि नचाहिने अवस्था छ सबै घरका बाबु नानीको । घरमा अध्ययनको विषयमा त्यहीँ भएको हुनु पर्दछ पक्कै पनि । बुहारी कल्पनाले अति व्यस्त हककुदाहककुदै पनि खुबै माया गर्छिन् बाबु नानीलाई । आमाको कोमल मन न हो, साना बाबु नानीप्रतिको प्रेम ।
९ गते वडा नं. ७ चिउरीडाँडाले आयोजना गरेको शुभकामना आदान प्रदान तथा हाजिरी जवाफ प्रतियोगिता कार्यक्रममा गएको मौकामा करकाबबाट दिक्तेल ल्याएको थिएं अध्ययनलाई । उनी दोर्पामा नै बस्न चाहन्थे, तर मैले सबैसँग घुलमिल र चिनजान गराउँन ल्याएको थिए दिक्तेल । बेलुकी ९ बजे आई पुग्यौं र सुत्यौं हामी । १० गते शनिवार खाल्ले दीपक बस्नेतकोमा जाने उद्देश्यले चिरन्जिवीजी र छोरालाई लिएर निक्लिएँ विहान ५ बजे नै । केहीदिन अगाडि दीपकको ७ वर्षको छोरा दुर्घटनामा परेर स्वर्गारोहण भएका थिए । मेहनती, इमान्दार र कर्तव्यनिष्ठ थिए दीपक । आस्था र विचारका हिसावले तरूण नेता । अर्को तर्फ निर्वाचनमा मलाई जिताउन भोकभोकै खटेको मेरो अति शुभचिन्तक । सहनै नसक्ने गरी ७ वर्षको छोराको मृत्यु भयो बज्रपात । जस्तो परे पनि सहनै पर्ने र बुझाउनै पर्ने मनलाई । भोलिको भविष्य र थप सन्तानको आशा र भरोसामा अड्याउनु पर्ने मायाँजाल ।
घरबाट निक्लिनासाथ बाटोमा भेटभयो मर्निङ वाकमा हिड्नुभएका नगर सभापति प्रकाश श्रेष्ठ, भाउजु विनिता, क्षेत्रीय सभापति दिनेश घिमिरे, नेकपा एमालेका नेता रामप्रसाद दंगाल पनि । दुर्घटना भएको दशौँ दिन भएकोले सो दिन भेटिएका सबैको रहेछ त्यतै जाने सोँच । हामी राजनीति र नगरको उन्नयनका विषयमा गयौँ कुरा गर्दै खाल्ले घटना स्थल तर्फ । सामुहिक भेट्यौँ र सहानुभूति प्रकट गर्दै दीपकजीको घरबाट हिड्यौँ विहान ६.४५ बजे । अहिले स्वास्थको ख्याल गरेर विहानै हिड्नेको संख्या बढेकोछ दिक्तेलमा । दर्जनौँ अन्य मानिस र भेट्यौँ प्रजिअ शिवकुमार कार्की र प्रनाउ प्रतिक विष्टलाई समेत मर्निंग वाकमा । मैले विहान ७.०० बजे नगरमा पुग्नु थियो सानो बैठकमा । खोटाङका अग्रज अधिवक्ता नारायणदास राई, समाविका प्रअ शिवहरी ढकाल, शिक्षा शाखाका सुवास राई र कमल पोख्रेल जम्मा भएका थियौँ त्यहाँ । प्रअ छनौट र आवश्यक कानुनी प्रक्रियाका विषयमा थियो छलफलको एजेन्डा । छलफल चलिरहँदा छोरो अध्ययनलाई फेन्ट होला जस्तो भएको जनाउ दिएपछि सोफामा सुताएँ मैले । शरीर रन्किएको, जिउ र टाउको आगोको भुंग्रो जस्तो तातो पाएं मैले । संक्षिप्तमा कुरा टुंग्याएर हामी उठ्यौँ नगरबाट । सबैसग बिदा भएर शनिवार विहान ८.०० बजे चिरन्जिवीजी, निश्चलजी र म गयौँ अध्ययनलाई लिएर जिल्ला अस्पताल । इमरजेन्सीमा चिकित्सक तथा स्वास्थकर्मी विरामीको सेवामा जुटी रहनुभएको थियो । त्यहकका पुगेर जाँच गर्दा १०२ डिग्री रहेछ तापक्रम । भाइरल ज्वरोको अनुमान गर्नुभयो स्वास्थकर्मीले । अध्ययनको ज्वरो बढ्ने÷घट्नेक्रम भएकोले केहीँ क्षणमा नै १०४ भएको संकेत ग–यो उपकरणले । काम ज्वरोको प्रकोप । हेर्दाहेर्दै अध्ययनलाई बनायो सिकिस्त । नगरका स्वास्थकर्मी सन्तोष दहाल, बाजेन्द्र कोइरालाले त्यहाँ आएर राम्रो गर्नुभयो सहयोग । राउन्डमा डा. पुष्कल राई र डा. चतुरानन्द यादव आउनुभयो । शालिन र विज्ञ चिकित्सक भित्र पर्नुहुव्छ दुवै जना । सिष्टर गोमा गेलाल र स्वास्थकर्मी रोशन पोखरेलले जककाच गर्नका लागि इमर्जेन्सिमा पु–याउनुभयो मद्दत । उहाँहरू दुबै चिकित्सकको सल्लाह र सानोमा लामो उचारपछि मात्रै पुनर्जन्म पाएको हुँनाले अध्ययनको थप विशेषज्ञ उपचारका लागि लगियो काठमाडौँ ।
जिल्ला अस्पतालमा गरिने रगतको गरायौं जाँच । प्लेटलेट घट्न शुरूभएको र डब्लुबिसीमा पनि देखियो सामान्य समस्या । त्यहकका दिनुभएको औषधि खाए अध्ययनले । अस्पतालमा विरामी लिएर आउने जिल्लाभरीका दर्जनौं नागरिक भेटभयो । स्वास्थकर्मी तथा चिकित्सकले आफ्नो बुद्धि, विवेक र भएका उपकरणको उपयोग गर्दै नागरिकलाई सेवा दिई रहनुभयो । अस्पतालको भौतिक पूर्वाधार र सेवा विस्तारमा ध्यानदिन सुझाउनुभयो प्रायः सबैले । निर्माण व्यवसायीको ढिला सुस्तिको कारण गतवर्ष सम्पन्न भै सक्नुपर्ने अस्पताल भवन यो वर्ष सम्पन्न हुने चरणमा छ । हामीलाई आशा छ अब छिट्टै नै जिल्लामा ५० सैयाको अस्पताल शुरूवात भई विशेषज्ञ सहितको सेवा नागरिकलाई उपलब्ध हुनेछ ।र सानोसानो उपचारका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यताबाट हामी खोटाङेले पाउने छौँ— मुक्ति । हामी १.३० बजे दिक्तेलबाट हिंडेर
राति १०.३० बजे पुग्यौँ काठमाडौं । कुमारीजी कान्तिवाल अस्पतालमा लेखाको कर्मचारी भएकोले बच्चा विरामी हुँदा उपचारमा सहयोग पुग्छ । चिनजानका कारण चिकित्सक र स्वास्थकर्मीले नजिकबाट नियालिदिनुहुन्छ विरामीलाई । त्यहाँबाट राति नै टिचिङ अस्पताल पुगेर सबै जाँच गरायौँ छोराको । कल्चर जाँचको रिपोर्ट आउन ७२ घण्टा लाग्ने भएकोले प्रतिक्षामा बस्यौँ । प्लेटलेट सामान्य भन्दा धेरै घटेको, ब्लड इन्फेक्सन र डब्लुविसीको घटबडको औषधि लिएर राति अवेरसम्मको उपचार र जाँचपछि फर्कियौँ हामी । डेरा पेरिफेरीमा चिकित्सक र स्वास्थकर्मी बस्नुहुने भएकोले अस्पतालमै बसेको हुन्छ अनुभूति । २४ घण्टे सेवा पाइन्छ निवासमा नै ।
अध्ययनको लगातारको उपचारबाट पनि घटबढ भइ रहेको स्वस्थ अझैसम्म पनि पूर्ण ठीक भएको छैन अध्ययनलाई । औषधी निरन्तर खाई रहेका छन् चिकित्सकको विशेषज्ञ सल्लाहबाट । उनी विरामी भएपछि वाल्यवस्थाको उनको पीडादायी र संघर्षपूर्ण उपचार विधिले हामीलाई झस्काई रहन्छ सधैँ । छोराको स्वास्थ प्रति चासो दिएर भेट्नुहुने, प्रत्यक्ष/अप्रत्यक्ष सल्लाह, सुझाव र शुभेच्छा राख्नुहुने सबै शुभचिन्तकप्रति हार्दिक सम्मान व्यक्त गर्दछु । मानवीय संवेदना विर्सिएर यदाकदा नगर प्रमुखको मेरो जिम्मेवारीसँग जोडेर मौकाको फाइदा उठाउँदै आलोचना गर्ने मित्रहरूप्रति पनि साधुवाद प्रकट गर्दछु । सस्तो लोकप्रियता वा मानवीय संवेदनालाई जोडेर सामाजिक सञ्जालको उच्चतम दुरूपयोग नगर्नु नै बुद्धिमता हुन्छ भन्ने स्पष्ट धारणा छ मेरो उहाँहरूलाई । जेहोस् सबैको भलो होस्, सुख होस् भन्दै यसै आलेख मार्फत दीपावली, नेपाल संवत् तथा छठको हार्दिक मंगलमय शुभकामना दिन चाहन्छु ।
[२०८१ कार्तिक १४, काठमाडौँ ।]
(लेखक दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको नगरप्रमुखको जिम्मेवारीमा हुनुहुन्छ )
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।