भदौ ०९, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको सदरमुकम दिक्तेलबजारमा राष्ट्रिय कोटीहोम दिव्य रथयात्रा आईपुगेको छ । विश्वहिन्दु महासंघको सहकार्य तथा ओमकार टेलिभिजन र ओमकार फाउण्डेशनको आयोजनामा गत बैशाख २० गतेदेखि शुभारम्भ भएको राष्ट्रिय कोटीहोम रथयात्रा आज अपरान्ह १.३० वजे खोाटाङको दिक्तेलवजारमा आइपुगेको हो ।
नेपालको गौरव भनेकै धार्मिक परम्परा, साँस्कृतिक सम्पदा र प्रकृतिक विविधता रहेकाले यी क्षेत्रको थप प्रचार प्रसार गर्ने उद्देश्यकासाथ राष्ट्रिय कोटीहोम रथयात्राको प्रारम्भ गरिएको कोटीहोम संकल्पकर्ता एवं ओमकार टेलिभिजनका अध्यक्ष मुकुन्द शर्मा हुमागाईले हलेसी एफएमलाई बताउनुभएको छ ।
हुमागाइका अनुसार महायज्ञको लागि नेपालका ७७ वटा जिल्ला मध्ये १४ वटा जिल्लामा रथयात्रा पुगिसकेकोे छ । अन्य जिल्लाहरुमा यात्रा निरन्तर जारी रहने कोटीहोम संकल्पकर्ता हुमागाईको भनाई छ ।
परम्परागत साँस्कृत बाजागाजाहरुका साथ दिक्तेलबजारमा स्थानीय बासिन्दाहरुसँगै नेवारी लाखे नाँच सहित राष्ट्रिय कोटीहोम दिव्य रथयात्रालार्ई स्वागत गरिएको थियो ।
ओमकार टेलिभिजन र ओमकार फाउण्डेशन लगायत भक्तजनहरुको सहयोगमा काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका वडा नं.११ बनथली लड्केश्वर महादेवस्थानमा विश्वको ठुलो १०८ फिट अग्लोे त्रिशुल निर्माण भएको र त्यस स्थानमा भगवान शिवलाई त्रिशुल अर्पण गर्न तथा नेपाल सरकारलाई हस्तान्तरण गर्न राष्ट्रिय कोटीहोम रथयात्रा शुरु गरिएको जनाइएको छ । सोही स्थानमा १०८ धाराको पनि निर्माण भएको जनाइएकोे छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित दिक्तेल बजारमा आज भदौ ९ गते शनिवार बेलुका ६ बजे कर्म मन्दिरमा गंगा आरती हुने र आर्ईतवार ओमकार टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्ने स्थानीय भक्तजन छत्रकुमार बजिमयले बताउनुभयो । आफ्नै जिल्लामा कोटीहोम दिव्य रथको दर्शन गर्न पाउदा दिक्तेलनगरबासीका साथैै अन्य स्थानीयहरु खुसी भएका छन् ।
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको सदरमुकाम नजिकै अवस्थित धार्मिक, सांस्कृतिक र पर्यटनको...
हलेसीन्युजडेस्क, खोटाङ / मध्यवर्षादको समयमा जिल्लाका अधिकांश कच्चि सडकहरु यातायातका...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिकामा पहिरो झरेर अवरुद्ध बनाएको...
हलेसीन्युजडेस्क, खोटाङ/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले...
सरकारलाई नैतिक दवाव सिर्जना गर्न साउन ११ देखि भोक हड्ताल...
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !