मंसिर ०६, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ/
जिल्ला प्रहरी कार्यालय खोटाङले सञ्चालनमा ल्याएको समुदाय–प्रहरी साझेदारी कार्यक्रम प्रभावकारी बन्दै गएको छ । समुदायसँग बसेर विकृति/ विसंगति विरुद्ध लड्दै अपराध न्यूनिकरण गर्नमा यो कार्यक्रम प्रभावकारी ठहरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायव उपरिक्षक प्रतिक बिष्टले हलेसी एफएमलार्ई जानकारी दिनुभएको छ ।
केही झलकहरु
समुदाय–प्रहरी साझेदारीको सुरक्षा सुनिश्चितता अभियान अनुसार मंसिर ५ गते बुधवार जिल्ला प्रहरी कार्यालयको क्षेत्राधिकार भित्र पर्ने इलाका प्रहरी कार्यालय मातिमविर्ता, प्रहरी चौकी खार्पा, नुनथला, रतन्छा, चिउरीडाँडा, बुईपा, जाल्पा, खार्ताम्छा, हरम्टार, अस्थायी प्रहरी चौकी याम्खा, तालखर्क, बि.सु.गार्ड लामिडाँडा, अस्थायी प्रहरी पोष्ट राजापानी, खानिडाँडा, निर्मलीडाँडा खोटाङबाट प्रहरी कर्मचारीहरु आ–आफ्नो जिम्मेवार ईलाका भित्रपर्ने विभिन्न विद्यालय÷समुदायमा गई विद्यार्थीहरु तथा स्थानीय वासीहरुको उपस्थितिमा “वाल अधिकार, वाल यौन हिंसा तथा आत्महत्या रोकथाम÷नियन्त्रण’’ सम्बन्धि चेतनामुलक कार्यक्रमहरु संचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी गराएको छ ।
साइबर अर्थात् इन्टरनेटको माध्यमबाट गरिने हैरानी अहिले ठूलो सामाजिक समस्या बनेको छ । इन्टरनेट आधारित सामाजिक सञ्जालको माध्यमबाट जिस्काउने, होच्याउने, विभिन्न जीव जनावरसँग मानिसको फोटो जोडेर अपमानजनक तरिकाले पोष्ट गर्ने जस्ता समस्याहरुबाट आजकाल समाज नै आक्रान्त बन्दै गैरहेकोले यस्ता समस्याहरु न्यूनिकरणका लागि प्रहरीले विद्यालय स्तरबाट चेतना जगाउन शुरु गरेकोे जनाइएको छ । यसका लागि सामुदायिक प्रहरीको टोली विद्यालयहरुमा गएर विद्यार्थीहरुसँग छलफल, अन्र्तक्रिया गरिरहेको प्रनाउ बिष्टले बताउनु भयो ।
विद्यार्थीलाई प्रहरीसँग परिचित गराउँदै नागरिक सुरक्षामा प्रहरी सेवाको महत्व थाहा दिन प्रहरीका युनिटहरुमा विद्यार्थीलाई भ्रमण गराईने पनि जिल्ला प्रहरी कार्यालय श्रोतले बताएको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रमको सुरक्षा सुनिश्चितता अभियान अनुसार जिल्ला प्रहरी कार्यालय खोटाङले सडकको चिसोमा कष्टपूर्ण जीवन बिताइरहेका असहाय, वृद्धवृद्धा र बालबालिकाहरुलाई समेत उद्धार गरेर विभिन्न सेल्टरमा राख्ने काम पनि गर्दै आइरहेको बताइन्छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !