चैत्र ०६, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको रावाबेसी गाउँपालिका–४ डुम्रे धारापानीमा आगोलागी हुदा एक घर र मतान पूर्ण रुपमा जलेर नष्ट भएको छ । मंगलवार दिउँसो करिब २ः४० बजेको समयमा रावाबेसी गाउँपालिका–४ डुम्रेस्थित मण्डलीछापका भक्तबहादुर सुनुवारको दुर्ईतले फुसको छाना भएको घर र मतान पूर्णरुपमा जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरिक्षक पुरुषोत्तम खड्काले जानकारी दिनुभयो ।
घरमा वृद्धवृद्धा मात्र भएको समयमा एक्कासी आगो सुरु भएको थियो । प्रहरी चौकी डुम्रे र स्थानीयहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको रावाबेसी गाउँपालिका–४ डुम्रेधारापानीका वडाध्यक्ष ज्ञानबहादुर पाण्डेले बताउनुभयो । आगो नियन्त्रणमा लिइए पनि भित्र भएका सबै समानहरु जलेर नष्ट भएको अध्यक्ष पाण्डेको भनाई छ । आगलागीबाट मानवीय क्षति भने नभएको जनाइएको छ ।
आगोलागीबाट सुनुवारको ढुंगा र माटोले बनेको दुईतले घर पूर्ण रूपमा नष्ट हुनुका साथै लत्ताकपडा, भाँडावर्तन, अन्नपात लगायतका सबै सामाग्री जलेर नष्ट हुँदा परिवारका सदस्यहरु विचल्लि हुन पुगेको वडाध्यक्ष पाण्डेले बताउनु भयो । अन्य सदस्यहरु घरमा नरहेको बेला आगोलागी भएको बुझ्नमा आएको छ । वरपर डढेलो पनि नभएको र घरमा बृद्धबृद्धामात्र भएको अवस्थामा एक्कासी आगलागी हुदा घरको विध्युतीय लाइन शर्ट भएर यस्तो घटना घट्न पुगेको हुनसक्ने अनुमान गरिएको छ । आगलागीबाट के कति क्षति भयो भन्ने हालसम्म एकिन हुन नसकेको जिल्ला प्रहरी कार्यालय खोटाङले जानकारी दिएको छ ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।