माघ ०४, २०८० , खोटाङ
हलेसीन्युडेस्क, खोटाङ /
गठबन्धनका तर्फबाट कोशी प्रदेश (प्रदेश नं.१) का लागि राष्ट्रिय सभाका साझा उम्मेदवारहरु खोटाङ आइपुग्नुभएको छ । नेपाली कांग्रेसका तर्फबाट नेता कृष्णप्रसाद सिटौला तथा नेकपा माओवादीका तर्फबाट नेतृ चम्पा कार्की भोजपुरका मतदाताहरुसँग भेटघाट गरी बुधवार खोटाङ आइपुग्नुभएको हो ।
नेपाली कांग्रेसको पार्टी कार्यालय वीपी स्मृति भवन दिक्तेलबजारमा गठबन्धनका उम्मेदवारहरु नेता सिटौला तथा कार्कीलाई जिल्लास्थित गठबन्धन दलहरु कांग्रेस, माओवादी, जसपा तथा एसका नेता कार्यकर्ताहरुले स्वागत एवं मतदाता भेटघाट तथा परिचयात्मक कार्यक्रम राखिएको थियो । नेपाली कांग्रेस खोटाङका सभापति बिष्णुकुमार राईको अध्यक्षता तथा नेपाली कांग्रेसका पूर्वमहामन्त्रि नेता कृष्णप्रसाद सिटौलाको प्रमुख आतिथ्यता एवं माओवादीका केन्द्रिय सदस्य चम्पा कार्कीको विशिष्ट आतिथ्यतामा नेकपा माओवादी खोटाङका सचिव संगिन राईले कार्यक्रम सञ्चालन गर्नुभएको थियो । प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुलाई नेकपा एसका केन्द्रिय सदस्य एवं पूर्व सांसद कुलप्रसाद फुयालले स्वागत मन्तव्यद्धारा स्वागत गर्नुभएको थियो । जनता समाजवादी पार्टी खोटाङका उपाध्यक्ष निर्मल राईले कार्यक्रमको औचित्यताका सम्बन्धमा प्रकाश पानुभएको थियो ।
कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख अतिथि सिटौलाले जनता र राष्ट्रको पक्षमा संघीय संविधान पूर्ण रुपमा कार्यान्वयन हुन नसकेको तथ्यलाई स्पष्ट पार्दै विगतमा भएको १२ बुँदे समझदारी अनुरुप शान्ति प्रक्रियाका बाँकी काम पूरा गरी संविधानको पूर्ण कार्यान्वयनका लागि आफ्नो उम्मेदवारी भएको बताउनुभयो । उहाँले संघीयताको मूलमर्म र भावना अनुरुप केन्द्र, प्रदेश र स्थानीय तीनवटै तहले एकएक कार्यकाल पूरा गरेको भएपनि संघीयतामा बन्नुपर्ने आवश्यक कानुनहरु बन्न नसक्दा जनताको चाहना अनुरुप देशमा सुशासन कायम हुन अझै नसकेको बताउनुभयो । देशमा परिवर्तनका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने सबै पार्टी र सबै नेतृत्वहरु अहिले गठबन्धन दलमा सहभागी रहेको बताउदै अब बाँकी काम यही गठबन्धन दलहरुबाट पुरा हुने स्पष्ट पार्नुभयो ।
सो कार्यक्रममा उहाँसँगै आउनुभएकी अर्का उम्मेदवार नेकपा माओवादीका केन्द्रिय सदस्य कार्कीले सत्ता गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्दैे नेपालमा भएको विभिन्न क्रान्ति र संघर्षबाट प्राप्त उपलब्धिको रक्षाका लागि राष्ट्रिय सभाको निर्वचनमा पार्टीले विश्वास गरेर उम्मेदवारी बनाएको हुदा सबै मतदाताहरुले गठबन्धनका उम्मेदवारहरुलाई आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा विजयी गराउन अनुरोध गर्नुभयो ।
मतदाताका तर्फबाट साकेला गाउापालिका अध्यक्ष रविप्रशाश राई तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख वीशन राईले प्रतिवद्धता मन्तव्य व्यक्त गर्नु भएको थियो ।
नेता सिटौलासँगै राष्ट्रिय सभामा उम्मेदवार कार्की, नेपाली कांग्रेसका केन्द्रीय सदस्य कुन्दनराज काफ्ले, नेपाली कांग्रेस झापाका सभापति देउमान थेवे लगायतको टोली दिक्तेलबजारको कार्यक्रम समापन पछि हलेसीतुवाचुङ नगरपालिकाका मतदाताहरुसँगको भेटघाट कार्यक्रम तर्फ लाग्नुभएको थियो ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।