आश्विन २४, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेल रुपाकोट मझुवगढी नगरपालिका-१ दिक्तेल माटिकोरेमा फुटवल प्रतियोगिता शुरु भएको छ । फुटबल एकेडेमी र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका एवं शहीद मनोज स्मृति प्रतिष्ठान खोटाङकोे मुख्य प्रायोजनमा दिक्तेलको माटीकोरे खेलमैदानमा ‘केएफए भेट्रान तथा अन्तर संस्था फुटबल प्रतियोगिता-२०८० आजदेखि शुरु भएको हो ।
अशोज २४ गते देखि २७ गते सम्म फुटबल प्रतियोगिता हुने र २८ गते समापन हुने आयोजक खोटाङ फुटबल एकेडेमीका अध्यक्ष नुरकाजि सैँजुले जानकारी दिनुभयो ।
‘ स्थानीय खेलाडीहरुको विकास तथा पहिचान , खोटाङ फुटबल एकेडेमीको अभियान ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको दोस्रो संस्करणकोे फुटबल प्रतियोगिता समुहका प्रथम हुने टिम लार्ई नगद रु ५० हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने भएको छ भने उपविजेता टिमलाई नगद रु ३० हजारको साथ ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिन भएको छ ।
प्रतियोगितामा उद्योग वाणिज्य सङ्घ खोटाङ, जिल्ला फुटबल सङ्घ खोटाङ, दिक्तेल फुटबल क्लब दिक्तेल, माटिकोरे सेवा समाज दिक्तेल, डिभिजन वन कार्यालय खोटाङ, खोटेहाङ गाउँपालिका, निर्माण व्यवसायी सङ्घ खोटाङ, नेर्पा स्पोर्टस क्लब नेर्पा, बाम्राङ स्पोर्टस क्लब बाम्राङ, किराँत सेवा समाज दिक्तेल, नुनथला स्पोर्टस क्लब नुनथला, जिल्ला अस्पताल खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र खोटेहाङ गाउँपालिका भेट्रानको सहभागिता रहेको अध्यक्ष नुरकाजि सैँजुले जानकारी दिनुभएको छ ।
आजदेखि सुरु भएको फुटबल प्रतियोगितामा खोटाङ जिल्ला भरिका १४ टिम खेलाडीहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !