आश्विन ०८, २०८० , Diktelrupakotmajhuwagadi
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकास्थित गाडी पार्कीङका लागि निर्माण गरिएका दुवै वसपार्कहरुको अवस्था अध्ययन र अनुगमन गरिएको छ । लामो तथा छोटा दुरिमा यातायात सेवा दिदै आइरहेका वस र जिपहरु वजारमा अव्यवस्थित रुपमा पार्किङ गरिदै आएकोमा त्यसबाट वजार क्षेत्र थप अव्यवस्थित र जोखिमपूर्ण बन्दै गएको जनगुनासोवीच गाडीहरुको स्थायी पार्किङका लागि वजारछेउ निर्माण गरिएका दुवै वसपार्कहरुको अवस्था बुझ्न आज अनुगमन गरिएको हो ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ सोलमास्थित मध्यपहाडी लोकमार्गकै छेउमा स्थानीयहरुबाट निःशुल्क प्रदान गरिएको १९ रोपनी जमिनमा पार्किङका लागि तयारी अवस्थामा एउटा वसपार्क छ भने वडा नं. १ आचार्यटोलमा स्थानीयवासीहरुबाट निःशुल्क उपलव्ध १४ रोपनी जमिनमा अर्को वसपार्क निर्माण गरिएको छ । तर हालसम्म ती वसपार्कहरु प्रयोगमा नआइहेको कारण जग्गादाताहरु असन्तुष्ट बन्दै गैरहेका छन् । केहीदिन अगाडी आचार्यटोलका वासिन्दाहरु वसपार्क प्रयोगमा ल्याउन नगरपालिकामा डेलिगेशन आएका थिए ।
गत अशोज २ गते जिल्ला प्रशासनमा सर्वदलीय÷सर्वपक्षीय बैठकबाट दुवै वसपार्कमा गाडीहरु पार्किङ गर्ने निर्णय भएपछि आज वसपार्कको अवस्था बुझ्न नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई समेतको एक टोलिले दुवै वसपार्क र त्यहाँसम्मको सडकको अनुगमन गरेको छ ।
अनुगमन टोलिमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, नगर उपप्रमुख वीसन राई, प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रनाऊ पुरुषोत्तम खड्का, सशस्त्र प्रहरी गुल्मका प्रमुख प्रनाऊ कृष्णबहादुर बम, नेपाली कांग्रेसका सचिव ज्ञानेन्द्र जोशी, नेकपा माओवादीका विनोद आचार्य, वडा नं.१ का वडाध्यक्ष नवराज राई, वडा नं.२ सोल्माका वडाध्यक्ष ध्रुवविक्रम राई, वडा नं.३ का वडाध्यक्ष महेन्द्र राई, वडा नं.१० पाथेकाका वडाध्यक्ष मुगाधन राई, वडा नं.१२ जाल्पाका वडाध्यक्ष दानबहादुर राई, शुभम फाउण्डेशनका निर्देशक सूर्यबहादुर राई, यातायात व्यवसायी लगायतको टोलिले वसपार्कको आनुगमन गर्दा आचार्य टोल वसपार्कमा जाने सडकका लागि केही ठाउँ मर्मत गरिनु पर्ने जनाएको छ । सो स्थानहरुमा ढुङ्गाको रोडा विच्छउनु पर्ने भएकोले यसको व्यवस्था गरिहाल्ने नगरप्रमुख तीर्थराज भट्टराई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ–‘तत्काल ती दुवै वसपार्कमा गाडीहरु पार्कीङ गर्ने व्यवस्था हुनेछ । लामो दुरिका गाडीहरु आचार्यटोलमा र जिल्लाभित्र सञ्चालन हुने गाडीहरु सोल्मास्थित वसर्पामा पार्कीङ हुनेछन् ।’
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।