भदौ १८, २०८० , Khotang
हलेसीन्युजडेस्क, खोटाङ
नेपाल सितेरियो कराँते संघ खोटाङको अध्यक्षमा मिलन कसजु सर्वसम्मत चयन भएकाछन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. १ दिक्तेलका कराँते खेलाडी मिलन कसजु शनिवार कराँते संघ खोटाङका अध्यक्षमा चयन भएका हुन ।
जिल्ला खेलकुद विकास समिति खोटाङको कार्यालयमा भएको चौथो अधिवेशनबाट कसजुको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समिति गठन भएको छ ।
संघको उपाध्यक्षमा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका १२ जाल्पाका चन्द्रबहादुर राई (मदन) तथा केपिलासगढी गाउँपालिका ४ बाक्सिलाका देउधन राई चयन भएकाछन् ।
त्यस्तै सचिवमा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका मोतिचन्द्र राई , सहसचिवमा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका ११ खार्मीका रोस्मा राई चयन भएका छन् ।
सदस्यहरुमा दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका १० पाथेकाका युमासम राई, पाथेकाकै इश्वरधन राई, दिक्तेलरुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका सूर्यचन्द्र राई, र दिक्तेलका सविना श्रेष्ठ चयन भएका छन् ।
निवर्तमान अध्यक्ष सञ्जयकुमार राईको अध्यक्षतामा अधिवेशन सम्पन्न भएको थियो । सो अवसरमा जिल्ला खेलकुद विकास समितिका उपाध्याक्ष रेणुका राई, जिल्ला खेलकुद विकास समितिको कार्यालय खोटाङका प्रमुख लिलाभक्त केसी, कराँते प्रशिक्षकहरु विचारी तामाङ र गोपाल राई तथा कराँते खेलाडीहरुको उपस्थिति रहेको थियो ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।