बैशाख २०, २०८० , HalesiTuwachung
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङ जिल्लाको हलेसीतुवाचुङ नगरपालिका ११ राजापानीमा नयाँ अस्थायी प्रहरी चौकी उद्धघाटन / स्थापना गरिएको छ । राजापानीका स्थानीयहरुको माग र जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै आज प्रहरी पोष्ट खडा गरिएकोे जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
कार्यालयका प्रहरी निरिक्षक तथा सुचना अधिकारी वेनुकुमार कार्कीका अनुसार हलेसीतुवाचुङ नगरपालिका वडा नं. ११ राजापानीमा केही घटना घट्न गएमा टाढा दूरिमा रहेका बुर्ईपा, दिप्रुङचुर्ईचुम्मा गाँउपालिका—१ याम्खा प्रहरी पोष्ट, खानिडांडा बिमानस्थलमा रहेको प्रहरी पोष्टले हेर्नु पर्ने बाध्यता रहेको कारण आवश्यकताको आधारमा यहाँ पनि थप प्रहरी पोष्ट खडा गरिएको हो ।
स्थानीयले शान्ति सुुरक्षाका लागि प्रहरी चौकी टाढा भएको भन्दै गरेको मागको आधारमा पोष्ट खडा गरिएको कार्कीले जानकारी दिनु भयो । उद्घाटन कार्यक्रममा प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेँढाई, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक मञ्जिल मुकारुङ, सशस्त्र प्रहरी वलका प्रहरी नायव उपरिक्षक कृष्णबहादुर वम, वडाध्यक्ष अनिश कार्की लगायत स्थानीय जनप्रतिनिधिहरु, राजनैतिक दलका प्रतिनिधिहरु र स्थानीय वासीहरुको उपस्थिति रहेको थाहा भएको छ ।
उदयपुरको गाइघाटबाट शुरु हुने सगरमाथा राजमार्ग यही ठाउँ भएर मौरे हुदै दिक्तेल बजारसम्म र अन्य धैरै ठाँउमा सवारी साधन अवात जावत हुने प्रमुख नाका भएको कारणले पनि सुरक्षाको दृष्टिकोणबाट यहाँ अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
अब खोटाङ जिल्लामा साना ठूला गरी हाल यो सँगै ४२ स्थानमा प्रहरी युनिटहरु रहेका छन् ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।