असार १४, २०८१ , Khotang
हलेसीन्युजडेस्क, खोटाङ /
राष्ट्रिय निर्देशक समितिको आयोजनामा तीन वर्षे प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP)को समिक्षा एवं आगामी पाँच वर्षीय कार्य योजनाका विषयमा विस्तृत छलफल र निर्णयहरु भएको छ । राष्ट्रिय निर्देशक समितिको अध्यक्ष तथा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीको अध्यक्षतामा शुक्रवार पुल्चोकस्थित हिमालय होटलमा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) को समिक्षा एवं आगामी पाँच वर्षीय कार्य योजनाका विषयमा विस्तृत छलफल र निर्णयहरु भएको हो ।
बैठकका केही झलकहरु
छलफल कार्यक्रममा प्रदेश मुख्यमन्त्रीहरू, जिल्ला समन्वय समितिका प्रमुखहरू (महासंघीय प्रतिनिधित्व), नगरपालिका प्रमुखहरू (महासंघीय प्रतिनिधित्व), गाउँपालिका अध्यक्षहरू (महासंघीय प्रतिनिधित्व), मन्त्रालयका सचिवहरू, प्रदेश मन्त्रालयका सचिवहरू, राष्ट्रिय योजना आयोगका सदस्यहरू, विकास साझेदारका [ EU, FCDO, Norway, SDC, UN, USAID ] प्रतिनिधिहरूको सहभागिता रहेको जिल्ला समन्वय समिति महासंघका कोषाध्यक्ष तथा जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले बताउनुभयो ।
प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP), संघीयता सुदृढीकरणका लागि तीनै तहको सरकारको संस्थागत, संगठनात्मक र क्षमता विकास गर्न नेपाल सरकारले साझेदार दातृ संस्थाहरू सहितको सहयोगमा सन्चालन गरिरहेको कार्यक्रम हो । यसको तीन वर्ष ( सन् २०२१ देखि २०२३ सम्म) को अभ्यास र खर्च तथा प्रगति सन्तोषजनक नभएको र कार्यान्वयन संरचनामा थोरै हेरफेर गरेर जाने सुझाव सहित आगामी ५ वर्ष (सन् २०२४ देखि ०२९) सम्मको लागि राष्ट्रिय निर्देशक समितिको बैठकबाट कार्यक्रमको प्रस्ताव स्वीकृत गरिएको छ । कार्यक्रमको लागि बजेट ७९.२३ मिलियन अमेरिकन डलर रहेको छ ।
विगतमा यो कार्यक्रमलाई प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम भनिदै आएकोमा आगामी कार्ययोजनामा प्रदेश तथा स्थानीय शासन सवलिकरण कार्यक्रमका रुपमा कार्यान्वयन हुनेछ ।
कोरोना लगायतका कारण तीन वर्षमा भने यो कार्यक्रमका लागि २२ प्रतिशत मात्र खर्च भएको तथ्यांकले बताएको छ ।
शुक्रवार भएको कार्यक्रममा पिएलजिएसपी टिमले सहजिकरण गरेको थियो ।
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।