जेठ ०३, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
कोशी प्रदेश अन्तर्गत धनकुटा हिलेमा कोशी प्रदेशभरिका स्थानीयतहका पालिका उपाध्यक्ष/उपप्रमुखहरुको ७ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान कोशी प्रदेश नेपाल र प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) को आयोजनामा धनकुटा हिलेमा गत बैशाख २८ गतेदेखि जेष्ठ ३ गतेसम्म कोशी प्रदेश अन्तगर्तका पालिका उपाध्यक्ष तथा उपप्रमुखहरुको लागि कार्य जिम्मेवारीमा आधारित रुपान्तरणीय नेतृत्व विकास सम्बन्धि क्षमता अभिवृद्धि तालिमको आयोजना भएको हो ।
तालिममा प्रदेशभरिका १३७ वटा पालिकालाई सहभागी गराउने भनिए पनि ७५ पालिकाबाट मात्र उपप्रमुख /उपाध्यक्षहरु सहभागी रहेका थिए ।
तालिममा सहभागीहरुलाई रुपान्तरणीय नेतृत्व विकास, लैङ्गिक उत्तरदायी वजेट तर्जुमा, लैङ्गिक समानता, सामाजिक समावेशीकरण र न्यायिक समितिको कार्य सम्पादनका विषयमा प्रशिक्षण दिइएको खोटाङको जन्तेढुंगा गाउपालिकाबाट सहभागी हुनुभएका पालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताउनुभयो । तालिममा पूर्व न्यायाधिस तथा प्रशासन सुधार आयोगका अध्यक्ष काशीराज दाहाल, लैङ्गिक विज्ञ प्रतिमा शर्मा, पूर्व प्रशासक वशन्त शर्मा, प्रशिक्षक गोकर्ण मुड्भरी, दिपक श्रेष्ठ र तेज सुनारले सहभागीहरुलाई प्रशिक्षण दिनुभएको थियो ।
खोटाङबाट जन्तेढुंगा गाउपालिकाका उपाध्यक्ष खेमबहादुर खड्का, बाराहापोखरी गाउँपालिकाबाट उपाध्यक्ष भुवलराज राई, खोटेहाङ गाउपालिकाबाट उपाध्यक्ष रुपेश राई, साकेला गाउँपालिकाबाट उपाध्यक्ष वृशिका राई र हलेसीतुवाचुङ नगरपालिकाबाट उपप्रमुख रमेशकुमार राउत तालिममा सहभागी रहनुभएको थियो ।
तालिम अवधिका केही झलकहरु
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
सैयौँ भक्तजनहरुलाई आशिवर्चन प्रदान हलेसीन्युजडेस्क, खोटाङ / विश्वचर्चित स्वामी १००८...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
कोशी प्रदेशमा १४ जिल्ला रहेकाछन् ।
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।