माघ ०२, २०८० , Lafyang Diktel -5
हलेसीन्युजडेस्क, खोटाङ
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं ५ लफ्याङमा खुला पुरुष भलिवल प्रतियोगिता सम्पन्न भएको छ । स्वर्गीय जागिरमान राई परिवार उत्थान समितिको आयोजनामा वडा नं ५ लफ्याङ साविक वडा नं ३ माझगाउमा पोष २८ गते नगरपालिका प्रमुख तीर्थराज भट्टराईबाट उद्घाटन भएको वडास्तरीय खुला पुरुष भलिवल प्रतियोगिता आज सम्पन्न भएको हो ।
भलिवल प्रतियोगितामा वडाभित्रका १२ टिम सहभागी रहेको आयोजकले जनाएको छ । पौष २८, २९ र माघ १ गते तीन दिन आयोजना भएको प्रतियोगितामा साविक वडा नं ५ वी दुवेले प्रथम उपाधी हासिल गर्न सफल भएको थियो । त्यस्तै साविक वडा नं ४ सीले द्वितीय उपाधी हासिल गर्न सफल भएको थियो । आयोजक टिम ए साविक वडा नं ३ ले तृतीय र साविक वडा नं ४ वीले सान्त्वना स्थान प्राप्त गरेको थियो । प्रथम, द्वितिय, तृतीय र सान्त्वना विजयीहरुलाई मापन कार्यक्रमका प्रमुख अतिथि तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगर उपप्रमुख वीशन राईको हातबाट क्रमशस् रु ३० हजार, २० हजार, १२ हजार र ५ हजार रकम तथा मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
सोही अवसरमा अन्य विविध खेलहरुको पनि प्रतियोगिताको आयोजना भएको थियो । कार्यक्रम स्वर्गीय जागिरमान राई परिवार उत्थान समितिका अध्यक्ष तथा स्वर्गीय जागिरमान राइका माईला सुपुत्र व्रिटिश पूर्व क्याप्टेन रामप्रसाद राईको अध्यक्षतामा सम्पन्न भएको थियो
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !