फागुन १४, २०८० , Khotang
फागुन १६ गते प्रधानमन्त्री पुष्पकमल दाहालद्धारा चित्रकला प्रदर्शनीको अवलोकन तथा वरिष्ठ चित्रकारहरुलाई सम्मान र प्रमाणपत्र वितरण गरिने
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले काठमाण्डौस्थित नेपाल आर्ट काउन्सिल ववरमहलमा आयोजना गरिरहेको अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीमा देश तथा विदेशका नागरिकहरुले चासोका साथ अवलोकन गर्ने क्रम जारी छ । आइतवार नेपालका पूर्व राष्ट्रपति रामवरण यादवले प्रदर्शनीस्थलमा आएर त्यहाँका चित्रहरु अवलोकन गर्नुभएको छ ।
अवलोकनका क्रममा पूर्वराष्ट्रपति यादवले पर्यटन प्रवद्धनका लागि नगरपालिकाले देश विदेशका गरी ५२ देशका १३७ जना चित्रकारद्वारा सिर्जना गराउनु आफैंमा ऐतिहासिक कार्य रहेको बताउनु भएको फोकल पर्शन ओजोनबाबु आचार्यले बताउनुभयो । उहाँले अत्यन्त चासोका साथ करिव १ घण्टा समयसम्म नियालेर अवलोकन गर्नुभएको वडा अध्यक्ष दानबहादुर राईले जानकारी गराउनुभयो ।
आइतवार उपप्रधानमन्त्री प्रकाशमान सिंह, पूर्वउपप्रधानमन्त्री तथा जसपाका अध्यक्ष उपेन्द्र यादव, प्रतिनिधि सभाका सदस्यहरु, नेपाली कांग्रेसका जिल्ला सभापतिहरु समेत आएर अवलोकन गर्नुभएको थियो ।
उक्त अवसरमा पवन–प्रकृति कलेज ललितपुरका विध्यार्थी भाइवहिनीहरुले आकर्षक नृत्य तथा साकेला नाँचको समेत प्रदर्शनी गरिएको थियो ।
यस अगाडि पूर्वप्रधानमन्त्री तथा नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, रास्वपा अध्यक्ष रवि लामिछाने, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा आएर अवलोकन गरिसक्नुभएको जनाइएको छ ।
खोटाङ जिल्लाका प्राकृतिक, धार्मिक, साँस्कृतिक र त्यहाँका जनजीवनको वास्तविक तस्विर उतारिएका २०९ वटा आकर्षक चित्रहरु प्रदर्शन भैरहेको नेपाल आर्ट काउन्सिलमा हरेक दिन ८०० को हाराहारीमा अवलोकन गर्न आउनेहरु रहेको नगरप्रमुख तीर्थराज भट्टराइ बताउनुहुन्छ ।
देशका वरिष्ठ व्यक्तित्वहरु, साहित्यकारहरु, जनप्रतिनिधिहरु, विदेशी नागरिकहरुले काठमाण्डौमा प्रदर्शन भैरहेको चित्रकला मार्फत खोटाङको भूगोल, सँस्कृति, धार्मिक तथा पर्यटकीयस्थलहरु र त्यहाँको जीवनको झाँकी प्रत्यक्षतः अनुभूत गर्न पाएकोमा नौलो अनुभूति व्यक्त गर्ने गरेकाछन् ।
आगामी फागुन १६ गते प्रधानमन्त्री पुष्पकमल दाहालद्धारा चित्रकला प्रदर्शनीको अवलोकन तथा वरिष्ठ चित्रकारहरुलाई सम्मान र प्रमाणपत्र वितरण गराइने कार्यक्रम रहेको नगरप्रमुख भट्टराईले जानकारी गराउनुभएको छ ।
गत फागुन ५ गते उद्घाटन गरिएको मुन्दुम अन्तराष्ट्रिय चित्रकलाले देशमा मात्र होइन, अन्तराष्ट्रिय जगतमै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका साथै खोटाङलाई चिनाउन सकेकोमा नगरप्रमुख भट्टराई खुशी व्यक्त गर्नुहुन्छ ।
फागुन १७ गते मुन्दुम चित्रकला प्रदर्शनीको समापन गरिनेछ ।
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।