बैशाख २६, २०८१ , खोटाङ
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जाल्पामा सञ्चालन भैरहेको जनसेवा सामुदायिक अस्पताल अब नगरपालिका मातहत सञ्चालन हुनेभएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-१२ जालपामा विक्रम सम्वत २०६९ सालमा स्थापना भै सञ्चालनमा आइरहेको जनसेवा सामुदायिक अस्पतालको स्वामित्व अब दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा रहने गरी बुधवार एक कार्यक्रमका वीच अस्पताललाई नगर अस्पाताल घोषित गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
दिक्तेल रुपाकोट नगरपालिकाभित्र कुनै पनि नागरिक स्वास्थ्य सेवाबाट वन्चित हुन नपरोस भन्ने उद्धेश्यबाट नगरपालिकाबाट उपलव्ध हुने आधारभूत स्वास्थ्य सेवा लगायत अन्य स्वास्थ्य सेवालाई सहज, प्रभावकारी, व्यवस्थित र गुणस्तरीय बनाउने प्रयत्न स्वरुप जनसेवा समाज नेपालद्धारा गाउँघरमै सरल, सहज र सुलभ मूल्यमा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्न जनसेवा सामुदायिक अस्पताल स्थापना गरिएको वडा नं. १२ जालपाका वडाध्यक्ष दानबहादुर राई बताउनुहुन्छ ।
जनसेवा सामुदायिक अस्पताललाई जनसेवा नगर अस्पतालका रुपमा बुधवार उद्घाटन गर्दै यसको सेवामा नगरपालिकाले चासो दिने बताइएको छ । नगरप्रमुख तीर्थराज भट्टराईको सभापतित्व तथा पूर्व सांसद टंक राईको प्रमुख आतिथ्यतामा भएको उद्घाटन कार्यक्रममा बक्ताहरुबाट यस्तो प्रतिवद्धता व्यक्त भएको हो । सोही अवसरमा नगरपालिका र जनसेवा समाज दुवै पक्षका तर्फबाट तोकिएको कार्य सञ्चालन शर्त सहितको सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । पहिलो पक्ष जनसेवा समाज नेपाल र दोस्रो पक्ष दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकावीच दुई पक्षीय सम्झौता गरेर स्वास्थ्य सेवाबाट कुनै पनि नागरिक बन्चित हुने अवस्था आउन नदिन उपलब्ध स्रोत र साधनको समुचित प्रयोग गर्दै अगाडि बढ्ने नगरप्रमुख तीर्थराज भट्टरार्ईले हलेसी एफ एमलार्ई बताउनु भयो । सम्झौता पत्रमा पहिलो पक्षबाट जनसेवा समाजका अध्यक्ष हिरालाल रार्ई र दोस्रो पक्षबाट नगरप्रमुख तीर्थराज भट्टरार्ईले हस्ताक्षार गर्नुभएको छ ।
योसँगै जालपास्थित जनसेवा समाज नेपालको नाममा रहेको जम्मा ४ रोपनी वढी क्षेत्रफल रहेको जग्गामा बनाइएका १४ कोठा भएको ४ वटा कच्चि भवन, ४ कोठे एउटा पक्कि भवन, स्टोर तथा क्यान्टिन रहेको ३ कोठे भवन तथा ७ वटा शौचालय भवन जम्मा दुई करोड वढी मूल्य पर्ने भौतिक संरचनाहरुको स्वामित्व अब दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको अधिनस्थ हस्तान्तरण भएको छ । यसैगरी अस्पताल सञ्चालनका लागि विभिन्न समयमा खरिद गरिएका स्वास्थ्य सेवा प्रवाहसँग सम्बन्धित रु. १ करोड ५० लाख वढी मूल्य पर्ने सम्पूर्ण मेसेनरी औजार, उपकरण तथा अन्य सामाग्रीहरु पनि नगरपालिकाको स्वामित्वमा हस्तान्तरण भएको छ ।
यस अगाडि अस्पताल सञ्चालन तथा व्यवस्थापनका लागि गठन गरिएको अस्पताल सञ्चालन समिति जनसेवा नगर अस्पताल सञ्चालन भएसँगै विघटन हुने जनाइएको छ ।
नगरपालिकाले जनसेवा सामुदायिक अस्पताललाई जनसेवा नगर अस्पतालका रुपमा स्वामित्व ग्रहण गरेपछि जालपास्थित स्वास्थ्य चौकी र अस्पतालबाट प्रवाह हुने सेवालाई एकिकृत स्वास्थ्य सेवाका रुपमा सञ्चालन गर्ने जनाइएको छ । यस्तै जनसेवा सामुदायिक अस्पतालद्धारा तिलगंगा आँखा प्रतिष्ठान, काठमाण्डौसँगको साझेदारीमा सञ्चालन हुँदै आएको जनसेवा ग्रामिण आँखा क्लिनिक सेवा तथा वडा कार्यालयसँगको साझेदारीमा सञ्चालन हुदै आएको दाँत उपचार सेवालाई पनि आवश्यक वजेट व्यवस्थापन गरी निरन्तरता दिइने भएको छ ।
हाल स्वास्थ्य चौकीमा ६ जना र जनसेवा समाजमा ७ जना कार्मचारीहरु कार्यरत छन् । कार्यरत कर्मचारीहरुमा एच.ए. २ जना, ल्याब असिस्टेन्ट १ जना, स्टाफ नर्श १ जना, अनमि १ जना र दुर्ई जना कार्यालय सहयोगी रहेको जनाइएको छ ।
हलेसीन्युजडेस्क, खोटाङ खोटाङमा सडक सुशासन तथा दुर्घटना न्यूनिकरणको उद्देश्यसहित विविध...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको साकेला गाउँपालिका–५ मात्तिमस्थित सरस्वती माध्यमिक विद्यालयमा...
खोटाङ कांग्रेसबाट चारजना सहभागी हलेसीन्युजडेस्क, खोटाङ/
लोकनाथ घिमिरे जब हामी बजारबाट फलफूल किन्छौं, स्वादसँगै शंका पनि...
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !