असार २०, २०८० , Sakela Gaupalika
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिका-२ रतन्छामा तीन महिने व्यवसायिक कपडा सिलार्ई कटार्ई तालिम सम्पन्न भएको छ । ‘औध्योगिक लगानी र पुर्वाधार-समृद्धिको वलियो आधार’ भन्ने मूल नाराका साथ साकेला गाउँपालिका र घरेलु तथा साना उध्योग कार्यालय दिक्तेलको संयुक्त आयोजनामा गत बैशाख १० गतेबाट शुरु गरिएको तालिम असार १९ गते समापन भएको हो ।

तीन महिने कपडा सिलार्ई कटार्ई तालिममा साकेला गाउँपालिकाका स्थानीय दश जना महिलाहरुको सहभागिता रहेको जनाइएको छ । तालिम अवधिभर प्रशिक्षक महेश परियारले उहाँहरुलाई सिलाई कटाई सम्बन्धि तालिम प्रदान गर्नुभएको पालिका श्रोतले जनाएको छ ।
तालिम समापन कार्यक्रममा व्यवसायिक रुपमा यस पेशालाई अघि बढाउने प्रतिवद्धतासँगै गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले दशै जना उद्यमी महिलाहरुलाई सिलाई कटाई मेसिन समेत प्रदान गर्नुभएको छ । तालिम समापन पश्चात सहभागीहरुले प्रयोग गरेको सिलाई कटाई मेसिन व्यवसायिक रुपमा प्रयोग गर्नेगरी उहाँहरुलाई नै हस्तान्तरण गरिएको हो । स्थानीय महिलाहरुलाई उद्यमशील बनाई आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत तालिम सञ्चालन गरिएको पालिका श्रोतले जनाएको छ ।
तालिम समापनको अवसरमा गाउँपालिका अध्यक्ष राईले साकेला गाउँपालिकाको एक घर, एक व्यवसाय, एक रोजगारको नीति अनुरुप महिलाहरुलाई सिप प्रदान गरिएको स्पष्ट पार्नुभयो ।
वडा नं.२ का कार्यवाहक अध्यक्ष भक्तबहादुर कटवालको अध्यक्षता एवं पालिका अध्यक्ष रबिप्रकाश रार्ईको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा तालिममा सहभागि महिला उध्यमीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास कार्यालयका वरिष्ठ लघुउद्यम सहजकर्ता सुरेशसिं धामी, वडास्तरीय जनप्रतिनिधिहरु, प्रशिक्षक महेश परियार लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो । तालिम समापन सहजिकरण सामाजिक विकास अधिकृत दुर्गबहादुर राईले गर्नुभएको थियो ।
हलेसीन्युजडेस्क, खोटाङ / मंसिर २०, शनिवार/ खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
डिजिटल पालिका निर्माणमा महत्वपूर्ण कदम हलेसीन्युजडेस्क, खोटाङ- मंसिर १८, विहरीवार...
हलेसीन्यूज डेस्क, खोटाङ – मंसिर १८, बिहीबार / खोटाङको साकेला...
हलेसीन्युजडेस्क, खोटाङ / मंसिर १४ / खोटाङको दिक्तेल रुपाकोट मझुवागढी...
ग्रामीण महिलालाई उद्यमशिलतामा उन्मुख गराउने लक्ष्य हलेसीन्युजडेस्क, खोटाङ/ मंसिर १३...
भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र खोटाङका प्रमुख चन्द्र किशोर...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
खोटाङको ऐसेलुखर्कबाट देखिएको मनोरम हिमश्रृंखला ।
जन्तेढुंगा गाउँपालिका-२, वोपुङका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटाङका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो (जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई लगायत अन्य विशिष्ट व्यक्तित्वहरु अवलोकन गर्नुहुँदै। (दिक्तेल माटिकोरे / २०८२ जेष्ठ ३१ शनिवार)
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
दिक्तेलमा अपाङ्गता भएका व्यक्ति र उनीहरुका अभिभावकहरूलाई आत्मनिर्भर बनाउन घरेलु तथा साना उद्योग कार्यालय खोटाङको आर्थिक सहयोग तथा अपाङ्ग सेवा संघ खोटाङको आयोजनामा पाँच दिने आधारभुत खाद्य प्रशोधन तालिम सम्पन्न (२०८२ आषाढ २) !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय भवन
खोटाङ जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त...।
प्रथम राष्ट्रिय बाँस सम्मेलन—२०८१ दिक्तेल, बन तथा वातावरण मन्त्री ऐन बहादर शाहीद्धारा उद्धघाटन सम्पन्न ।
काठमाण्डौास्थित नोवेल कलेजमा कक्षा १२ मा अध्ययनरत दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पा, चिरीडाँडा निवासी अध्ययन भट्टराईद्धारा Aquired Colour मा तयार पारिएको चित्र !
साँझको समयमा दिक्तेल कालिका मझुवागढी देविस्थान