असार २०, २०८० , Sakela Gaupalika
हलेसीन्युजडेस्क, खोटाङ /
खोटाङको साकेला गाउँपालिका-२ रतन्छामा तीन महिने व्यवसायिक कपडा सिलार्ई कटार्ई तालिम सम्पन्न भएको छ । ‘औध्योगिक लगानी र पुर्वाधार-समृद्धिको वलियो आधार’ भन्ने मूल नाराका साथ साकेला गाउँपालिका र घरेलु तथा साना उध्योग कार्यालय दिक्तेलको संयुक्त आयोजनामा गत बैशाख १० गतेबाट शुरु गरिएको तालिम असार १९ गते समापन भएको हो ।
तीन महिने कपडा सिलार्ई कटार्ई तालिममा साकेला गाउँपालिकाका स्थानीय दश जना महिलाहरुको सहभागिता रहेको जनाइएको छ । तालिम अवधिभर प्रशिक्षक महेश परियारले उहाँहरुलाई सिलाई कटाई सम्बन्धि तालिम प्रदान गर्नुभएको पालिका श्रोतले जनाएको छ ।
तालिम समापन कार्यक्रममा व्यवसायिक रुपमा यस पेशालाई अघि बढाउने प्रतिवद्धतासँगै गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले दशै जना उद्यमी महिलाहरुलाई सिलाई कटाई मेसिन समेत प्रदान गर्नुभएको छ । तालिम समापन पश्चात सहभागीहरुले प्रयोग गरेको सिलाई कटाई मेसिन व्यवसायिक रुपमा प्रयोग गर्नेगरी उहाँहरुलाई नै हस्तान्तरण गरिएको हो । स्थानीय महिलाहरुलाई उद्यमशील बनाई आयआर्जनमा सहयोग पुर्याउने उद्देश्यले गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) अन्तर्गत तालिम सञ्चालन गरिएको पालिका श्रोतले जनाएको छ ।
तालिम समापनको अवसरमा गाउँपालिका अध्यक्ष राईले साकेला गाउँपालिकाको एक घर, एक व्यवसाय, एक रोजगारको नीति अनुरुप महिलाहरुलाई सिप प्रदान गरिएको स्पष्ट पार्नुभयो ।
वडा नं.२ का कार्यवाहक अध्यक्ष भक्तबहादुर कटवालको अध्यक्षता एवं पालिका अध्यक्ष रबिप्रकाश रार्ईको प्रमुख आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा तालिममा सहभागि महिला उध्यमीहरुलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो । कार्यक्रममा घरेलु तथा साना उद्योग विकास कार्यालयका वरिष्ठ लघुउद्यम सहजकर्ता सुरेशसिं धामी, वडास्तरीय जनप्रतिनिधिहरु, प्रशिक्षक महेश परियार लगायत स्थानीय बासीहरुको उपस्थिति रहेको थियो । तालिम समापन सहजिकरण सामाजिक विकास अधिकृत दुर्गबहादुर राईले गर्नुभएको थियो ।
भूमिकाः कुनै पनि निश्चित स्थानको लामो समयसम्मको औसत मौसमी अवस्थालाई...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको ऐसेलुखर्क गाउपालिकाका चालिसजनालाई उध्यमी घोषणा गरिएको...
दिलकुमार घमाल संसारमा मानिसले धेरै कुरा संकलन गर्छ । धन,...
हलेसीन्युजडेस्क, खोटाङ / खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले मुन्दुम ट्रेल...
दिक्तेवजारको प्रमुख हाट लाग्ने वजार हाटडाँडा
भारतको अहमदावादमाजेष्ठ २९ गते विमान दुर्घटना । २४२ वढी यात्रु लिएर लण्डनका लागि उडे लगत्तै दुर्घटना भएके खुलासा ।
जन्तेढुंगा गाउँपालिका-२, बोपुंगका मणि राई वान्तवा भन्नुहुन्छ-गाउँमा मकै खेति राम्रो फष्टाएको छ, तर हावाहुरि आयो भने वर्वाद पार्छ।
खोटांगका गाउँगाउँमा पनि अब स्वादिष्ट फल एवोकार्डो फलाउन थालियो ।
किराँत राईहरुको साकेला नाँचको मैझारो(जिल्ला समन्वय प्रमुख सनबहादुर राई, दिरुम नगरप्रमुख तीर्थराज भट्टराई लगायत अवलोकन गर्नुहुँदै।(दिक्तेल माटिकोरे/२०८२ जेष्ठ ३१ शनिवार)
खोटांग जिल्लाको सदरमुकाम रमणीय दिक्तेलवजार
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाद्धारा वाँसजन्य सामाग्रीहरुको तालिम दिइदै ।
खोटेहांग गाउपालिका-६ इन्द्रेणीपोखरी नराहाका निशान खत्री (दया) को घरगोठमा २०८२ जेष्ठ २८ गते वेलुकी भिषण चट्यांगबाट ठूलो क्षति !
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय
खोटांग जिल्लाको सुदुरदक्षिणी भागमा अवस्थित शुन्दर एवं रमणीय चिसापानीवजार, जहाँ जन्तेढुंगा गाउँपालिकाको केन्द्र रहेको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई हाटडाँडा मझवाकालिका देविथान जाने सडक स्तरोन्नतिको कामको अनुगमन गर्नुहुदै
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराई आफ्नो कार्यकक्षमा व्यस्त ...।